तातोपानी र बराहतालबीच दिवा खाजा कार्यक्रमको सिकाई आदान-प्रदान

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका र सुर्खेतको बराहताल गाउँपालिका बीच स्थानीय उपजमा आधारित अर्गानिक दिवा खाजा कार्यक्रमको सिकाई आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । बराहतालका अध्यक्ष तथा उपाध्यक्ष सहितको टोली तातोपानीमा पुगेर अर्गानिक दिवा खाजा कार्यक्रमका सफल अभ्यासका बारेमा सिकाई आदान- प्रदान गरिएको  छ । 

कर्णालीका ७९ स्थानीय तहमध्य पहिलो पालिकाका रुपमा तातोपानी गाउँपालिकाले स्थानीय उपजमा आधारित अर्गानिक दिवा खाजा खुवाउदै आएको छ । 

पालिकाका २९ वटै सामुदायिक विधालयमा बालबालिकाको पहुँच बृद्वि गर्ने, पोषणमा सुधार गर्ने सोच सहित सबै विधालय अर्गानिक  दिवा खाजा खुलाउन थालिएको हो ।

हाल तातोपानीका आधारभूत तहका करिब २५ सय ८५ जना बालबालिका अर्गानिक दिवा खाजाबाट लाभान्वित भएका छन् । विगतका निकै अव्यवस्थित रुपमा खुवाउदै आएको दिवा खाजालाई तातोपानीले स्थानीय उत्पादनमा  आधारित खुवाउने मात्र गरेको छैन् । नमुना भान्साघर निर्माण, भाडावर्तन प्रदान, कर्मचारीलाई तालिम समेत दिईएको छ। 

साथै पालिकाकै स्थानीय सहकारीहरुले किसानबाट कृषि उपज संकलन गरेर विधालय अर्गानिक वस्तु पुराउने गरेका छन् । जसका कारण गाउँको उत्पादन, गाउँमै विक्री भईरहेको छ ।

यसले किसानको आयस्तरबृद्विसंगै कृषिमा जुट्न समेत प्रेरित गरेको छ । अर्गानिक दिवा खाजा कार्यक्रम तातोपानीको ब्राण्ड समेत बन्दै गएको छ । तातोपानी कृषि, पर्यटन, धार्मिक स्थलले मात्र नभई पछिल्लो वर्षमा कर्णालीमै पहिलो अर्गानिक दिवा खाजा खुवाउने पालिकाको समेत परिचय बनाएको छ ।

यही छुट्टै परिचय र ब्राण्डका कारण तातोपानीका सफल अभ्यासका विषयमा बुझ्न थुप्रै संस्था तथा सरकार तातोपानीमा आउने गरेका छन् । यसैक्रममा बुधबार बराहताल गाउँपालिकाका जनप्रतिनिधि जुम्लाको तातोपानी गाउँपालिका पुगेर दिवा खाजा कार्यक्रमका सफल अभ्यास बारे सिकाई तथा अनुभव आदान प्रदान गरेका छन् ।

बराहतालका अध्यक्ष भीम बहादुर भण्डारी, उपाध्यक्ष लक्ष्मीपुन मगर, प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डिसी लगायत ६ जनाको टोली जुम्ला पुगेर छलफल गरिएको हो ।

कार्यक्रममा तातोपानी गाउँपालिका  शिक्षा शाखा प्रमुख सुरत शाहीले पालिकाका २९ वटै विधालय संचालित अर्गानिक दिवा खाजा कार्यक्रमको हालसम्म प्रगति र वर्तमान अबस्थाबारे जानकारी गराएका थिए । राष्ट्र अब्बल र दक्ष तथा स्वस्थ जनशक्ति उत्पादन गर्न आधारभूत तहबाटै सुरुवात गर्नुपर्नेमा जोड दिए । 

प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर चन्दले मन्तव्य मार्फत स्वागत गर्दै अन्तपालिकाका नमुना अभ्यासलाई सिकाई आदान प्रदान कार्यलाई निरन्तरता दिनु पर्ने बताए  । तातोपानीले अर्गानिक दिवा खाजामा उल्लेखीय काम गरेपछि सबैको रोजाईमा तातोपानी परेकाले अझ सुधार र व्यवस्थित गर्न जिम्मेवारी थपिएको  बताए ।

बराहताल गाउँपालिका अध्यक्ष भीम बहादुर भण्डारीले तातोपानी गाउँपालिकाले स्थानीय उपजमा आधारित दिवा खाजा कार्यक्रम संचालनक्षेत्रमा गरेको सफल प्रयास कर्णाली पालिकाका लागि  अनुसणयोग्य रहेको बताए ।

तातोपानी अर्गानिक दिवा खाजा खुवाएर कर्णाली छुट्टै परिचय बनाएकाले यसलाई अझै व्यवस्थित गर्न सुझाव दिए । 

यता तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले आफू निर्वाचित भएर आएदेखि शैक्षिक क्षेत्र सुधारलाई प्रथामिकता दिएर काम गर्दै आएको बताए । 

उनले भने,´सुरुवाती चरणमा हाम्रा विधालय पनि दयनिय थिए । दिवा खाजा कार्यक्रम अपारदर्शी मात्र हैन व्यवस्थित पनि थिएन् । विश्व खाध कार्यक्रम संग समन्व गरी , पालिकाको लगानी थपेर अर्गानिक दिवा खाजाको दिगो व्यवस्थापन गर्ने सोचमा छौ ।`

हामीले गरेका कामहरु सफल अभ्यासका रुपमा छिमेकी जिल्लाका पालिकाका जनप्रतिनिभि हेर्न र बझ्र र सुझाव दिन जुम्ला पुगेर हाम्रा सफल अभ्यासबारे छलफल तथा हाम्रा राम्रा कामको चर्चासंगै जिम्मेवारी थपिएको गाउँपालिका अध्यक्ष चौलागाँईले उल्लेख गरे । नीतिगत रुपमा पनि दिवा खाजालाई व्यवस्थित गर्ने तातोपानीको तयारी छ । 

प्रकाशित मिति : २०८३ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस