हिमाका दुई स्वास्थ्य संस्थामा स्क्रिनिङ शिविर, १७१ जना महिलाको पाठेघर परीक्षण

जुम्ला – हिमा गाउँपालिकाको स्क्रिनिङ शिविरमा १७१ जना महिनाको पाठेघर परीक्षण गरिएको छ । हिमा गाउँपालिका, प्लान इन्टरनेशनल नेपाल, पेस नेपाल र कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान शिक्षण अस्पताल जुम्लाको सहकार्यमा पाठेघर परीक्षण सम्वन्धी स्क्रिनिङ शिविर सञ्चालन गरिएको हो । शिविरमा सेवा लिन आउने स्थानीय पम्फा रोकायाका अनुसार गाउँमै महिलाले सेवा पाउन सहज भएको छ । आफुलाई रोग लागेको छ की छैन भनि जाँच गर्न टाढा जानुपर्ने भएकाले रोग लुकाउने चलन थियो । गाउँमै शिविर सञ्चालन भएपछि सहज भएको हो ।


पालिका भित्रका सातै वडाका महिलाले सेवा पाउने गरी दुइ वटा स्थानमा दुई दिन शिविर सञ्चालन गरिएको हो । १–३ वडा सेवाग्राहीका लागि बड्की स्वास्थ्य चौकी र ४–७ वडाका सेवाग्राहीका लागि प्रथामिक स्वास्थ्य केन्द्र तलिकुडुमा शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव शुक्रराज शाहीको सहजीकरण र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञा डाक्टर सागर कोइरालाले पाठेघर परीक्षण गरेका हुन् ।


नेपालको सन्दर्भमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर बार्षिकरुपमा दुईहजार देखि २५ सय सम्मको नयाँ केस देखा पर्ने र करिव १३ सय देखि १५ सय सम्म यसै रोगको कारणले महिलाको मृत्यु हुने गरेको अवस्थालाई मध्यनजर गर्दै, यस हिमा गाउँपालिकाका दुर बस्तीहरुका महिलाहरुले सुचना नपाउने र परिक्षणको महत्व नबुझ्ने तथा घरेलु कामबाट पुर्सद नपाउने महिलाहरुलाई लक्षित गरी गाउँगाउँमा सेवा दिन शिविर संचालन गरिएको हो ।


महिलाको पाठेघर मुख क्यान्सर तथा आँङ्ग खस्ने समस्याको स्क्रीनिङ्ग शिविरमा स्वास्थ्य चौकी बड्कीमा ९४ जना र प्राथमिक स्वास्थ्य केन्द्र तलिकुडुमा ७७ परीक्षण गरिएको हो । यस मध्ये दुई जनाको पाठेघर जटिल देखिएको सिनियर अहेव शाहीले बताए । उनले भने अरु समग्रमा सामान्य देखिएका छन् । संकास्पद तथा जटिल देखिएका विरामीलाई उपचार लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ । शिविरमा पाठेघर परीक्षण गर्नुका साथै औषधी वितरण र परामर्श गरिएको छ ।
स्वास्थ्य शाखा संयोजक रतन बहादुर रावतले भने, गाउँका महिलालाई स्वास्थ्य सेवाको पहुचमा पु¥याउन कठिन छ । दुर्गम र विकट गाउँबस्ती छन् । महिला खुलेर सेवा लिन नमान्ने समस्या अझै छ । त्यसैले यो शिविर गाउँबस्तीमा सञ्चालन गरिएको हो ।पेस नेपाल जुम्लाले विगत लामो समयदेखि कार्यक्षेत्रमा विभिन्न निकायसँग सहकार्य गरी शिविर सञ्चालन गर्दे आएको संस्थाका कार्यकारी निर्देशक किशोर न्यौपाने वताए । हालको यो शसक्त वालिका परियोजनाको सहयोगमा गरिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले भने, नगरिकमा हुने स्वास्थ्य समस्याको परिक्षण र उपचारमा सहयोग गर्नु सरकारको कतव्र्य हो । स्वास्थ्य सेवाको दायरालाई फराकिलो गर्ने र सबै नागरिकसम्म सेवा पु¥याउन स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य समस्याका लागि विशेषज्ञ चिकित्सक सहितको १२ वटा स्वास्थ्य शिविर पालिका सञ्चालनन गरेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस