जुम्ला – तातोपानी गाउपालिका ४ नम्बर वडा नियापानी, गिडिखोला, पत्थेनी, हाँकु जैतपुर, गौतमवाडामा सञ्चालित योजनाको दोस्रो चरणको अनुगमन गरिएको छ । चालु आर्थिक वर्षमा सञ्चालित तीन लाख देखि ४० लाख बजेटसम्म योजनाको अनुगमन समितिले दोस्रो चरणको अनुगमन गरेको हो ।

समानिकरण बजेटबाट १७ वटा, मुख्यमन्त्री रोजगार १ वटा, प्रधानमन्त्री रोजगार २ वटा, प्रदेश सरकारबाट ससर्त अनुदान ३ वटा, प्रदेश सरकार माताहत बिषयगत योजना ४ वटा र सामाजिक संघ संस्थाबाट १ वटा योजना सञ्चालनमा रहेका छन् ।
वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार यस मध्ये बैशाख २९ गतेसम्म कार्य सम्पन्न भएका योजना संख्या ६ वटा रहेका छन् । उनले भने, ७० प्रतिशत निर्माण कार्य भएका योजना संख्या १० वटा छन् ।
५० प्रतिशत निर्माण कार्य भएका योजना संख्या ६ वटा र भर्खर सम्झौता भएका काम थालनी भएका योजना संख्या ३ वटा रहेको जनाएको छ । विविध कारणले सम्झौता हुन नसकेका योजना संख्या २ वटा रहेका छन् । उपभोक्ता समितिमार्फत निर्मित योजना संख्या २४ वटा र बोलपत्र आव्हानमार्फत निर्मित योजना संख्या ३ वटा रहेका जनाएको छ ।

कार्य सम्पन्न भईसकेका योजनाका उपभोक्ता समितिले आवश्यक कागजात जुटाएर समयमा भुक्तानी लैजान अपिल गरिएको वडाध्यक्ष रोकायले बताए । उनले भने बिलभर्पाइ, डोरहाजिर, सार्बजनिक सुनुवाइ प्रतिवेदन, योजनाको कलर फोटो, उपभोक्ता उपभोक्ता समितिको निर्णय र भुक्तानीको लागि सिफारिस माग निवेदन लिई वडा कार्यालयमा सम्पर्क राख्न सकिने छ ।
निर्माण कार्य भैरहेका योजनाको निर्माण कार्य सम्झौतामा तोकिएको अवधि भित्र सम्पन्न गरी अनुगमनका लागि जानकारी पनि गराउन अपिल गरेका छौँ, उनले भने ।




