पत्रकार महासंघ जुम्लाको २१ औं साधारण सभा सम्पन्न

जुम्ला । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको २१औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन चन्दननाथ नगरपालिका प्रमुख मेहरराजुसिंह कठायतले दीप प्रज्वलन तथा ब्यानर वाचन गरी गरेका थिए। मेयर कठायतले तथ्य र निस्पक्ष समचार लेख्न पत्रकारहरुलाई अनुरोध गरेका छन्।पत्रकारहरुको क्षामता विकास आबश्यक सहयोग गर्ने बाचा गरे ।

साधारण सभामा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सरकारी अधिकारी, सञ्चारकर्मी तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै गोठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पत्रकार महासंघको अक्षयकोष वृद्धि गर्न ५ लाख ५ हजार ५ सय ५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। अध्यक्ष बुढाको घोषणाले पत्रकारिता क्षेत्रलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले जुम्लाका पत्रकार अब्बल रहेको बताए ।पत्रकारहरुको पेशागत सुरक्षाका लागि निरन्तर सहकार्य गर्न तातोपानी गाउँपालिका तयार रहेको अध्यक्ष चौलागाँईले उल्लेख गरे ।

तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले पत्रकार महासंघ संग सहकार्य पत्रकारहरुको क्षामता विकासमा काम गर्ने बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जुम्लाका पत्रकारहरूले जिल्लाको सुशासन र विकासका लागि उल्लेखीय कलम चलाएको बताए ।
आफू जुम्ला आएको सात महिना बितिरहँदा पत्रकारहरु संग समन्वय सहकार्य प्रभावकारी रुपमा संचालन भईरहेको उल्लेख गरे ।

समाचार लेख्दा सत्यतथ्य, निष्पक्षता र प्रमाणमा आधारित भएर पत्रकारिता गर्न आग्रह गर्दै जिम्मेवार पत्रकारिताले समाजलाई सही दिशा दिने विश्वास व्यक्त गरे। साथै पत्रकार र प्रशासनबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

उद्घाटन शत्रपछि भएको बन्द शत्रबाट महासंघको आर्थिक तथा सांगठनिक प्रतिबेदन पारित गरिएको साधारण सभा प्रतिनिधि कर्ण बहादुर भण्डारीले बताए ।

प्रकाशित मिति : २०८३ जेष्ठ ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस