जुम्ला । जुम्लाको तिला गाउँपालिकाले आगामी नीति र बजेटमा बालबालिकालाई सवाललाई प्रथामिकता १० बुदेँ प्रतिबद्धता सहित बाल कचहरी सम्पन्न भएको छ । शनिवार आयोजित बाल कचहरीले बालबालिका आबश्यकता र सवालहरुलाई पहिचान गर्दै १० बुदेँ प्रतिबद्धता पत्र जारी गरेको छ ।
बाल विकास, बाल समृद्धी र बाल सरोकारका शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी, क्षामता विकास लगायतका विषयलाई प्रथामिकता दिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले प्रतिबद्धता गरेका छन् ।
कचहरीमा सहभागी बालबालिका सुस्मा हमाल, धर्मेन्द्र भट्टराई, सुवास बस्नेत, गणेश परियार र भरोसा योगी लगायतले बालबालिका लक्षित कार्यक्रम तथा बजेट ल्याउन माग गरेका गरेका छन् । बालिका सुस्मा हमालले बालबालिका क्षेत्रमा न्युन बजेट छुटाउने, त्यही बजेट कार्यान्वयनमा जोड नदिने जस्ता समस्या रहेकाले सुधार गर्न अनुरोध गरिन् ।

बहसमा भनिए जस्तो बालबालिकालाई योजना तर्जुमा पनि बालबालिकालाई त्यति सहभागी नगराइएको, सधै बजेट छैन भनेर वेवास्ता गरिएको, बाल भेलाबाट आएका मागहरुलाई कार्यान्वयन नगरिएको गुनासो पोखे ।
१० बुदेँ प्रतिबद्धतामा हस्ताक्षर गर्दै अध्यक्ष रोकायाले भने,‘बालबालिका भविष्यका कर्णदार हुन् । उनीका मुद्धा हाम्रा मुद्धा हुन् । बजेट र नीति ल्याईनु अघिनै १० बुदेँ माग आएका छन् । ती माग विशेष प्रथामिकता दिएर संबोधन गर्छौ ।’
उपाध्यक्ष गोरीकला बुढाले तिलाले बालबालिकाको विकासमा बजेट छुटाउन कहिल्यै कन्जुसाई नगरेको बताईन् । यदपी, बाल कचहरीले प्रत्यक्ष रुपमा बालबालिकाका गुनासो, आबश्यकता सुन्ने मौका मिलेका थप जिम्मेवार बनाएको उल्लेख गरिन् ।
आगामीको आवको बजेट विशेष प्रथामिकता दिने, सामाजिक कुरिती न्युनिकरणका लागि घरदैलो अभयिान चलाउने, विद्यालय क्षेत्र बाहिर रहेका बालबालिकालाई विद्यालय पहुँचमा ल्याउने,अपांगता भएका बालबालिकाको पहिचान गरी शिक्षाको पहुँचमा ल्याउने,लागु औषध दुर्व्यसनी विरुद्ध अभियान चलाउने,योजना तर्जुमामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चिता गर्ने, महिनावारी विभेद विरुद्ध अभिया चलाउन, विद्यालयमा स्यानेटरी प्याडको उपलब्धता तथा व्यवस्थापनमा जोड दिने, अनाथ, विपन्न बालबालिकलाई राहत उद्दार गर्ने, लगायतका १० बुदेँ प्रतिबद्धता पत्र जारी भएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक शिवचन्द्र कार्कीले जानकारी दिए ।
तिला गाउँपालिका महिला शाखाको समन्वयमा वर्ल्डभिजन तथा किर्डाक नेपालद्धारा बाल कचहरीको आयोजना गरिएको हो । प्रतिबद्धता पत्रमा हस्ताक्षर गरीसकेपछि स्थानीयतह बालबालिकाका क्षेत्रमा लगानी गर्न बाध्यकारी हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत जग बहादुर बस्नेतले बताए । यदपी तिला गाउँपालिकाले बालबालिका क्षेत्रमा उल्लेखीय लगानी गर्दै आएको उनको दाबी छ ।
महिला तथा बालबालिका शाखा प्रमुख गौरी थापाले बालबालिका सम्बन्धी पञ्चवर्षीय रणनीतिक योजना २०८०, बाल अधिकार संरक्षण तथा प्रवद्र्धन कार्यविधि २०७८ पारित भएको बताईन् । यदपी बाल मनोपराशर्म दाताको अभावले बालबालिका क्षेत्रमा काम गर्न कठिन भएको उनको दुखेसो छ । पालिकाले बालबालिकाको मात्रै वस्तुस्थित विवरण तयार गरेपनि कार्यान्वयन हुन नसकेको पाइएको छ ।

आगामी वर्षको बजेट र नीति बनाउने समय नजिकीएकाले बालबालिका सवाललाई प्रथामिकता दिन जनप्रतिनिधिको ध्यानर्कषण गर्न पनि बाल कचहरी गरिएको वर्ल्ड भिजनका जुम्ला प्रतिनिधि भेष बहादुर रावलले बताए ।
बाल अधिकार संरक्षण तथा प्रवद्र्धनका लागि तिला गाउँपालिकाले अन्य स्थानीय तहको तुलनामा नीतिगत रूपमा प्रभावकारी काम गरेको दाबी गर्दै आएको छ । उदपी गरेका कामहरुको अभिलेखीकरण नगरेका कारण केही नगरे जस्तो भएको निमित्त प्रमुख प्रशसकीय अधिकृत बस्नतेको भनाई छ ।




