जुम्लाका तीन किसानलाई मुख्यमन्त्री उत्कृष्ट पुरस्कार

जुम्ला । जुम्लाका तीन कृषक सम्मानित भएका छन् । जिल्ला कृषि बिकास कार्यालय जुम्लाले उत्कृष्ट तीन जना कृषकहरुलाइ सम्मान गरेको हो।
कृषि बिकास कार्यालय जुम्लाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कृषि विकास कार्यक्रम अनुसार मुख्यमन्त्री उत्कृष्ट पुरस्कार प्रदान गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारिले बताए । अगुवा र अनुभवी कृषक पुरस्कृत तथा सम्मानित भएको कृषि विकास कार्यालय प्रमुख अधिकारिको भनाइ छ।

हिमा-३ का स्याउ कृषक कठायत एग्रो फर्मका संचालक सार्की कठायत प्रथम र चन्दननाथ -८ का भवानी कृषि तथा एग्रो फर्मका संचालक भैरव बहादुर धराला दृतिय भएका छन् ।

प्रथम कठायतले ३० हजार नगद प्राप्त गरेका छन् भने दृतिय धरालाले २५ हजार नगद प्राप्त गरेका छन् ।
आफ्नै देशमा कृषि कर्म गरेमा राम्रो मुनाफा गर्न सकिने र रोजगारीको लागि भौतारिन नपर्ने कठायत एग्रो फर्मका संचालक सार्की कठायतले बताए ।

पछिल्लो समय स्याउ खेतिमा कृषकहरु आकर्षित हुने गरेको अगुवा कृषक कठायतको भनाइ छ।
साथै गुठिचौर एग्रो फर्मका राष्ट्रिय उत्कृष्ठ कृषक टंक गिरिलाइ समेत कार्यालयले सम्मान गरेको छ। केही दिन पहिला गिरि राष्ट्रिय उत्कृष्ठ कृषक पुरस्कारबाट पुरस्कृत भएका हुन् ।


जुम्लाका कृषकहरुलाइ कृषि पेसातिर आकर्षित गर्ने हेतुले सम्मान कार्यक्रमको आयोजना गरिएको कार्यालयले बताएको छ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस