जुम्लामा चट्याङ लागेर १२ खसी बाख्रा मरेको फेला

जुम्लाको चन्दननाथ नगरपालिका–१० बोहोरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा चट्याङ पर्दा अहिले सम्म १२ वटा खसी/बाख्राको मृत्यु भएको पेला परेको छ भने अरु खोजी तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार दिउँसो करिब ३:३० बजे सामुदायिक वनमा चरिरहेका खसी/बाख्रामा चट्याङ पर्दा उक्त क्षति भएको हो। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

प्रहरीका अनुसार दलबहादुर कामीको १ वटा, धनराज विकको ३ वटा, ज्योति नेपालीको १ वटा, गोबी सार्कीको १ वटा र सिंह नेपालीको ६ वटा गरी जम्मा १२ वटा खसी/बाख्राको मृत्यु भएको हो।

घटनाबारे साँझ टेलिफोनमार्फत जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिएका छ्न । थप जानकारी आउन बाकी छ

प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस