चट्याङ परेर जुम्लामा एकको मृत्यु, २ जना घाईते 

जुम्ला । जुम्लामा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ । भने एकजना घाईते भएका छन् । विहिबार साँझ हिमा गाउँपालिका वडा नं २ स्थित छोटा खर्क पाटनमा  एनसिएलको टावर नजिकै चट्याङ पर्दा भेडा गोठाला गएका सोही वडा बस्नेअन्दाजी  वर्ष १८ का रबिन्द्र रावतको मृत्यु भएको छ । 

सोही वडामा बस्ने  २० वर्षिया बल बहादुर रोकाया र ३५ वर्षिया जगत रोकाया घाईते भएको अवस्था सामान्य रहेको छ ।

भेडा बाख्रा समेत मृत्यु भएको र के कति संख्यामा मृत्यु भएको भनी नखुलेको स्थानिय रंग बहादुर रोकायाले बताए ।  

प्रहरीका अनुसार प्रहरी चौकी बड्की जुम्लामा  जानकारी गराउन साथ प्रहरी चौकी वड्की जुम्‍लाबाट प्रहरी टोली परिचालन भएको थियो ।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस