अविरल वर्षापछि अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालन

जुम्ला, । हिजो रातिदेखिको अविरल वर्षाका कारण आज बिहान करिब २ बजेदेखि अवरुद्ध भएको कर्णाली राजमार्गको टिमुरे–गाल्जे खण्ड पुनः सञ्चालनमा आएको छ।

सडकमा पहिरो तथा लेदो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। सम्बन्धित निकायको पहलमा अवरोध हटाइएपछि आज २०८३ साल असार २० गते बिहान ९:४५ बजेदेखि उक्त सडकखण्डमा सवारी आवागमन पुनः सुचारु भएको छ।

सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ आवतजावत गर्न थालेका छन्। वर्षायामका कारण पहिरोको जोखिम अझै कायम रहेकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस