जुम्लामा करिब ११.६७० ग्राम चरेससहित एक जना पक्राउ

जुम्ला प्रहरीले लागूऔषध (चरेस) सम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मिति २०८३ असार २९ गते साँझ ६:०० बजे चन्दननाथ नगरपालिका–७ महतगाउँ निवासी ३७ वर्षीय सन्तोष महतले चरेस कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो।


खानतलासीका क्रममा घरभित्र रहेको टेबुलको दराजबाट कालो पदार्थ बरामद गरिएको थियो। परीक्षण गर्दा उक्त पदार्थ शुद्ध तौल ११.६७० ग्राम चरेस रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।


घटनामा संलग्न सन्तोष महतलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत जुम्लाबाट ७ दिनको म्याद थप गरी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस