जुम्लामा फुटकर रुपमै विधार्थीलाई प्रथामिकता दिएर ग्याँस वितरण गरिने 

जुम्ला – जुम्लामा अर्को हप्ता विधार्थीलाई प्रथामिकता दिएर ग्याँस वितरण गरिने भएको छ ।ग्याँस अभावले विधार्थीको पठन पाठन प्रभावित भएपछि अर्को हप्ता लुना जनरल स्टोरमा आउने ग्याँस वितरणमा विधार्थीलाई प्रथामिकता दिईने भएको हो । 

प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले अर्को शनिवार रग्याँस वितरणमा विधार्थीलाई बढी प्रथामिकता दिईने बताए । विगतकै जस्तो फुटकर रुपमा वितरण गर्न डिलरहरु संगको सहमति भएको प्रजिअ प्रसाईको भनाई छ । आयात हुने कुल ग्याँसमध्य केहि मात्रामा फुटकर विक्रेतालाई दिने र केहि सिलिण्डर सिधै विधार्थीलाई उपलब्ध गराईने उल्लेख गरे । 

कर्णाली प्राविधिक शिक्षालय,कर्णाली मावि अनामनगरमा अध्ययनरत विशेष क्षामताका विधार्थी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गर्ने विधार्थी र बजारमा भाडामा बस्ने विधार्थी प्रथामिकतामा साथ वितरण गरिने छ ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार भएको छलफलमा जिल्लामा भाडामा बस्ने विधार्थीहरुलाई प्रथामिकता दिएर ग्याँस वितरण गरिने मौखिक सहमति भएको राष्टि्य स्वतन्त्र पार्टीका जुम्लामा सभापति मक्कर बहादुर भण्डारीले बताए । 

साथै अर्को हप्ताबाट विगतकै जस्तो डिपोबाट नै वितरण गर्ने सहमति भएको छ। लाइन लगाएर वितरण नर्गन समेत डिलरलाई अनुरोध गरिएको छ । विगतमा डिलरले जुन जुन डिपोबाट विक्री गर्थ्यो त्यतैबाट विक्री गर्न अनुरोध गरिएको छ । 

यता लुना जनरल स्टोरका संचालक सृजना शाहीले डिपोबाटै ग्याँस वितरण गर्ने कुरा स्वागतयोग्य भएको बताईन् । उनले भनिन,´लाईनमा वितरण गर्दा नपाउनेले बढी पाए । नपाउनेहरु बन्चित भएका छन् । अनाआबश्यक सिलिण्डर मौज्दात गरेका छन्। विधार्थीलाई कसरी राहत हुन्छ त्यसरीनै वितरण गर्न हामी तयार छौ ।` 

प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस