शिक्षा,स्वास्थ्य,कृषि,पोषण स्वरोजगारदेखि बालबालिकामा करोडौ लगानी

जुम्ला । सरकारको विकास साझेदार दातृ संस्थाका रुपमा जुम्लामा दुई दशक भन्दा बढी लामो समय काम गरेको वल्डभिजन ईन्टरनेश्न नेपालका कार्यक्रम सम्पन्न भएका छन् । सन् २००३ देखी जुम्लामा काम गर्दै आएको वल्डभिजनका चार पालिकामा संचालित सम्पुर्ण कार्यक्रम सम्पन्न भएका छन् ।

साझेदार संस्थाका रुपमा किर्डाक नेपालसंग सहकार्य गरी बितेको २३ वर्षको अवधिमा वल्ड भिजन ईन्टरनेश्नल नेपालले जुम्लाको कृषि, शिक्षा, स्वास्थ्य, उद्यमशीलता, रोजगारी प्रर्बद्धन र बालबालिकाको विकास तथा संरक्षणमा करोडौ बजेट लगानी गरेको पाइएको छ ।

जुम्लाका आठ स्थानीय तहमध्य तातोपानी,चन्दननाथ, गुठिचौर र पातारासीमा वल्डभिजनको आर्थिक सहयोगमा संचालित सम्पुर्ण कार्यक्रम सम्पन्न भएको वल्र्डभिजन जुम्लाका प्रमुख भेष बहादुर रावलले बताए । उनका अनुसार सोमबार जिल्ला स्तरीय कार्यशाला आयोजना गरी वल्र्डभिजनले २३ वर्षमा प्राप्त गरेका उपलब्धी सार्वजनिक संगै समिक्षा समेत गरिएको छ ।

यहाँका दुर्गम बस्तीहरुको शिक्षा, स्वास्थ्य सुधार, कृषि उत्पादन बृद्धि तथा बजारीकरण, महिला उद्यमशीलता विकास, रोजगारी प्रर्बद्धन, पोषण सुधार र बालबालिकाको क्षेत्रमा एक वर्षमा चार करोडबढी लगानी भईरहेको प्रमुख रावलले जानकारी दिए ।
२३ वर्षको अवधिमा वर्षमा चार करोडका हिसाबले सामाजिक रुपान्तरणका क्षेत्रमा बजेट खर्च हुदैँ आएको देखिन्छ ।

जसले गर्दा यहाँको कृषि,देखी महिला शसक्तीकरण तथा कोभिड जस्तो महामारीमा समेत राहत पुर्नस्थापनाका लागि उल्लेखीय काम भएको देखिन्छ । वल्डभिजनको सहयोगमा किर्डाक नेपालले संचालन गरेको दर्जनौ परियोजनाबाट सयौको संख्यामा किसान, महिला, बालबालिका, यूवा यूवती प्रत्यक्ष लाभान्वित समेत भएका छन् ।

वल्डभिजनले सन् २००३ देखी ००५ सम्म राहत पुर्नस्थापना तथा आपतकालिन प्रतिकार्य, सन् २००५ देखी ०१० सम्म सामुदायिक विकास सन् २०११ देखी २०२० सम्म बाल स्पांसरसिप संचालित एडीपी २५ सय दर्ता बालिका कार्यक्रम र स्न २०२१ देखी हालसम्म बालबालिका समृद्धी तथा उत्थानशील समुदायका क्षेत्रमा काम गर्दै आएको छ ।

यी हुन हालसम्मका उपलब्धी
कोभिड जस्तो महामारी फैलिएका बेला राज्यको अर्थतन्त्र थलिएको थियो । व्यापार व्यवसायमा यूवा यूवतीलाई जोड्ने पुर्नस्थापनाका कार्यहरु अघि बढाउने तत्काल सरकारसंग स्रोत र सामाथ्र्य थिएन् । तर वल्र्डभिजन नेपालले किर्डाकसंगको सहकार्यमा कोभिडबाट प्रभावित, विदेशबाट फर्किएका यूवाहरुलाई लक्षित स्वरोजगार मुलक कार्यक्रम संचालन समेत गरेको थियो ।

प्रतिवेदन अनुसार कोभिडबाट प्रभावित २ हजार ७०९ जना यूवायूवती विदेशबाट फर्केका व्यक्तिहरुलाई व्यवसायीक पुर्नस्थापना तथा जीविर्कापार्जन सुधारमा लगानी गरिएको थियो । ३७ जना हातेहोजियारी, होटल व्यवसायी र व्यवसायीक रुपमा सिलाई कटाई गर्ने उद्यमी उत्पादन भएका छन् । ७० वटा कृर्षक समुह निर्माण, उत्पादनको बजारीकरण, ४९३ जना किसानले ७ वटा कृषि पाठशाला संचालन गरेका छन् । हाते टयाक्टर, थ्रेसर मेसिन, कृषि सामाग्री जस्ता कृषिमा आधुनिकरण र यान्त्रीकरणमा जोड दिइएको छ ।

भने, ३१ सय बालबालिकालाई वर्षभरी पुग्ने शैक्षिक समाग्री प्रदान, चार पालिकाका ३ वटा बालमैत्री स्थानीय शासन घोषणा, सामाजिक कुरिती तथा महिला शसक्तिकरणका लागि २७ वटा रुपान्तरण कक्षा संचालन, ३९ जना अपांगता भएका व्यक्तिलाई साहयता सामाग्री हस्तान्तरण, गाउँ गाउँमा बालक्लब, पैरवी समिति गठन गरिएको छ ।

साथै करिब २५ सय ७० जना बालबालिका शसक्तिकरण तथा निर्णय प्रक्रियामा अर्थपुर्ण सहिभागिता सुनिश्चित २५ सय बालबालिकाले व्यक्तिगत सरसफाई देखी खर्च व्यवस्थापन र बचत गर्ने बानीको विकास भएको छ । उत्पादन बृद्धि, बजारीकरण, वित्तिय साक्षरता, विद्यालय सुधार लगायत सयौ उपलब्धी हासिल गर्दै वर्षमा करोडौका हिसाबले लगानी गरेको छ ।


कृषि जीविकोपार्जन तथा उत्पादनको बजारीकरण,महिला शसक्तिकरण तथा पोषण सुधार, बाल संरक्षण तथा सहभागिता, बालमैत्री स्थानीय शासन तथा संस्थागत क्षामता विकास,शक्ष, स्वास्थ्य पोषण तथा संरक्षण सेवा,सामाजिक सुरक्षा तथा सेवा पहुँच,वाताबरण तथा विपद व्यवस्थापन जस्ता क्षेत्रमा वल्र्डभिजन तथा किर्डाकले गरेका काम अनुसरण योग्य रहेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।

चार पालिकामा हुने कार्यक्रम समापन हुदैँ गर्दा हालसम्म भएका उपलब्धीहरुको संस्थागत विकास, दिगोसंचालन तथा संरक्षण गर्ने जिम्मेवारी स्थानीयतहलाई आएको उल्लेख गर्नुभयो। चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले सरकारले गर्न नसकेका काम, सरकार पुग्न नसकेको ठाउँमा किर्डाक वल्र्डभिजन पुगेर शिक्षा, स्वास्थ्य, पोषण, बालबालिका क्षेत्रमा गरेका कामले जुम्लाको समृद्धीको टेवा पुराएको उल्लेख गरे ।

जिल्ला समन्वय अधिकारीय रोम महत, गुठिचौरकी कार्यबहाक अध्यक्ष शान्ति कुमारी मल्ल भण्डारी, तातोपानीकी उपाध्यक्ष रेवती रावल, तिलाकी उपाध्यक्ष गोरीकला बुढाले वल्र्डभिजन किर्डाकले गरेका कामले स्थानीयतहको शिक्षा,स्वास्थ्य कृषि, बालबालिका क्षेत्रका सूचक माथि उठेको बताएका छन् । हालसम्म भएका उपलब्धीहरुको दिगोपना र संरक्षणमा पालिकाले जोड दिने प्रतिबद्धता गरे ।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस