पहिलो पटक कालिकोट महाबै गाउँपालिामा पुग्यो मलेप

कालिकोट – आर्थिक वर्ष २०८२÷०८३ को लेखापरीक्षण गर्नका महालेखा परीक्षकको टोली पहिलो पटक कालिकोटको महावै गाउँपालिकामा पुगेको छ । यसभन्दा अघिल्ला आर्थिक वर्षहरुमा जिल्ला सदरमुकाम खाडाचक्रमा नै लेखा परीक्षण गर्ने गरेको महालेखा परीक्षकको टोली पहिलो पटक महावै गाउँपालिकाको केन्द्रमा पुगेको हो ।


पहिलोपटक महालेखा परीक्षणको टोलीलाई अन्तिम लेखा परीक्षणका लागि गाउँपालिका केन्द्र पादमघाटमा पुगेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘पहिलो पटक पालिकास्तरमै परिचयात्मक बैठक गरी टोलीले आवश्यक कागजातहरू जुटाउन र बेरुजु आउन नदिने वा आएका बेरुजुहरूलाई तत्कालै फस्र्योट गर्नेतर्फ लागेका छौं,’ उनले भने, ‘गाउँपालिकाको आर्थिक कारोबार, लेखा प्रणाली तथा विभिन्न विकास निर्माण र कार्यक्रमसँग सम्बन्धित आर्थिक गतिविधिको परीक्षण तथा अनुगमनका लागि मलेपको टोली महावै पुगेको हो ।’


गाउँपालिकामा सञ्चालन भएका योजना, कार्यक्रम, बजेट खर्च, आय–व्यय तथा आर्थिक व्यवस्थापनसम्बन्धी आवश्यक कागजात र विवरणको अध्ययन तथा परीक्षण गरिने महालेखा परीक्षकको टोलीले जनाइएको छ । मलेपको टोली गाउँपालिकामा पहिलो पटक पुगेपछि स्थानीय तहको आर्थिक अनुशासन, पारदर्शिता तथा वित्तीय व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष सिंहले बताए ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस