भिग्ममा ट्रक दुर्घटना परी जुम्लाको स्याउ नदीमा बगेका छन्ः तस्बिरः आकास सुनार कर्णाली मिसन
जुम्ला । जुम्लाबाट सुर्खेत तर्फ गएको स्याउ बोकेको मालबहाक गाडी ट्रक दुर्घटना हुँदा लाखौको स्याउ तिला नदीमा बगेको छ । आईतबार दिउँसो ३ बजे तिर जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँकाबाट ४५० स्याउका कार्टुन बोकेर गएको बा.प्र.०१००६ ख ८७३० नम्बरको ट्रक कालिकोटको तिला गुफा नगरपालिका वडा नं. १ स्थित भिग्ममा दुर्घटना भएको हो ।
अनियन्त्रीत भई ट्रक भिग्म स्थित तिला नदी छेउमा पल्टीँदा लाखौको स्याउ नदीमा बगेका छन् । भने नदी किनारमा खसेका सबै काम नलाग्ने भएको तातोपानी गाउँपालिका वडा नं. १ का अध्यक्ष कर्ण बहादुर कठायतले बताए । राँका गाउँभरीका किसानको स्याउ संकलन गरी विक्रीका लागि लिइएको अबस्थामा तिलानदी छेउमा ट्रक दुर्घटना हुँदा लाखौको क्षति भएको कठायतले जानकारी दिए ।
‘ट्रकमा ४५० स्याउका कार्टुन लोड गरिएको थियो’ उनले भने,‘ट्रक भित्र छोरा बसेको रहेनछ । ठुलो दुर्घटना हुन बाँट जोगियो । लाखौको स्याउ खेर गएपनि ज्यान जोगियो, यसमै चित्त बुझाएका छै । कर्णाली राजमार्गको दुरावस्थाले दशा लाग्यो । एकलेनको साँघुरो सडकमा यात्रा गर्नै कठिन रहेको छ । यसमा राज्यले विशेष ध्यान दिनुपर्छ ।’

भिग्ममा दुर्घटनागस्त स्याउ बोकेको ट्रकः तस्बिरः आकास सुनार कर्णाली मिसन
४५० कार्टुनमध्य अधिकांश स्याउका कार्टुन तिला नदीमा बगिसकेका छन् । भने मुस्किलले १० प्रतिशत स्याउ पनि काम नलागेको वडाध्यक्ष कठायतले जानकारी दिए । उनका अनुसार झण्डै ८ लाख भन्दा बढीको क्षति भएको छ । धेरै किसानको पैसा दिन बाँकी नै छ, तर बजारमा स्याउ पुग्नै नपाई बाटोमै खेर गएपछि आम्दानी भन्दापनि लगानी उठाउन कठिन भएको उल्लेख गरे ।
अध्यक्ष कठायतका अनुसार चालकको असावधानिका कारण दुर्घटना भएको देखिन्छ । घटना स्थल भिग्म पुगेर फर्किएका अध्यक्ष कठायत भन्छन,‘पोखिएका स्याउ दाग लागि सकेकाले विक्री हुने स्थिती छैन् । यो वर्ष ठुलो घाटा व्यहोर्नु पर्यो । मानवीय क्षति भएन् । यसमै चित्त बुझाएका छौ ।’
जुम्लाको स्याउ निर्यातकै सिजनमा कर्णाली राजमार्ग अबरुद्ध हुने, करोडौको स्याउ बाटोमै कुहीने समस्या झेल्दै आएका कर्णालीका किसान तथा व्यापारीले राज्यबाट उचित राहत तथा सहुलियत नपाएको गुनासो गर्दै आएका छन् ।




