दुर्गम गाडापारीमा खानेपानी योजनासंगै पूर्ण सरसफाई अभियान

जुम्ला । तातोपानी गाउँपालिका वडा नं ७ को गाडापारी गाउँमा खानेपानी आयोजना निर्माणसंगै पूर्ण सरसफाई अभियान संग संचालन भएको छ । तातोपानीको सबैभन्दा दुर्गम गाउँका रुपमा रहेको गाडीपारीमा वर्षौपछि एकघर,एकधारा निर्माण हुदैँ छ । 

तातोपानी गाउँपालिका र जलवायू परिवर्तन स्थानीय अनुकूलन (लक) परियोजना मार्फत ५३ लाख लगानीमा गाडापारीमा वर्षौपछि एकघर,एकधारा निर्माण भईरहेको छ । २७ घरधुरी रहेको गाउँमा घरघरमा धारा निर्माण भईसकेको छ । भने स्थानीयहरु पाईप लाईन विस्तारको  काम गरिरहेका छन् ।  मुहानदेखि गाउँको टंयाकीसम्म १६ सय मिटर पाईपलाईन विस्तार गरिएको छ ।

घरघरमा धारा निर्माण भएपछि गाडापारीमा पुर्ण सरसफाईको अभियान संचालन भएको लक परियोजनाकी सामाजिक परिचालक रामदेवी चनाराले बताईन् ।

´वर्षौदेखि काकाकूल गाउँमा पानी पुग्दा उत्साहित स्थानीयहरु खुसीका साथ पूर्ण सरसफाई अभियानमा जुटेका छन्`उनले भनिन,´घरघरमा पानी छर्काउनुका साथै शौचालय, भाडा राख्ने चाङ, कुहिने नकुहिने फोहोर राख्ने खाडल निर्माण, आनीबानी सुधार लगायत नियमित छलफल भईरहेको छ । अब गाउँमा अनिवार्य शौचालय बनाउन आग्रह गरिएको छ ।` 

गाउँमा पानी पुग्ने र पूर्ण सरसफाई युक्त गाउँ घोषणा गर्ने लक्ष्य राखिएको गाडापारी खानेपानी योजना निर्माण समितिका अध्यक्ष जोखी रावतले बताईन् । वर्षौदेखि काकाकूल गाउँमा पानी लक परियोजना र पालिकाले लाखौ लगानी गरेपछि स्थानीयहरु उत्साहका साथ काम गरिरहेको उल्लेख गरिन् । 

योजना निर्माण समितिका सचिव हरि बहादुर रावतले पानी नै नपुगेको गाउँमा अहिले पुर्ण सरफाईको अभियान संचालन हुनु खुसीको कुरा भएको बताए । उनले भने,´हामीले दशकौ समय पानी अभावमा बितायौ । घरमा शौचालय थिएनन् । चाङ बनाउने, खाडल बनाउने कुरा कल्पना थिएन् । 

तर लक परियोजना र पालिकाले घरघरमा धारा पुराएपछि पूर्ण सरसफाईको अभियान चल्यो । अहिले गाउँनै अभियानमा होमिएको छ।`

गाडापारी खानेपानी आयोजनालाइ गति दिन लक परियोजनाका जलस्रोत प्राविधिक विष्णु आर्चाय फिल्डमै खटिएका छन् । स्टमेटनुसार पाईपलाईन विस्तार, धारा ट्यांकी निर्माण लगायतका काम आफ्नै सहभागितामा गरिएको प्राविधिक आर्चायले बताए । स्टमेटनुसार पछि गुणस्तर नभएमा समस्या हुने, काम ढिला सुस्ती हुने समस्या रहेकाले खानेपानी योजनाको प्रभावकारिताका लागि फिल्डमै खटिएको उनको भनाई छ । 

खानेपानी आयोजना निर्माणलाई गति दिन, पूर्णसरसफाईका सूचक पूरा गर्न शौचालय निर्माण, चाङ निर्माण गर्न सामाजिक परिचालक रामदेवी चनारा, जलस्रोत प्राविधिक विष्णु आर्चाय गाडापारी गाउँ पुगेर नियमित छलफल अन्तरक्रिया गर्न गर्दै आएका छन् ।  

२७ घरधुरीमध्य अझै अधिकांश घरमा शौचालय निर्माण भएका छैनन् । अबको २ महिनाभित्र घरघरमा शौचालय,चाङ, फोहोर फाल्ने खाडल लगायतका संरचना बनाउने प्रतिबद्वता गरेका छन् ।  एक हप्ताभित्र घरघरमा पानी छर्काउने लक्ष्यका साथ काम गरिरहेका छन् । 

स्थानीय लाल बहादुर रावतले गाउँमा नियमित छलफल गरेर शौचालय र चाङ निर्माण गर्न ताकेता गरिने बताए । भेरीखोला क्षेत्रको नमुना गाउँ बनाउने गरी गाडापारी गाउँमा अभियान चलाईएको उनको भनाई छ । साथै लक परियोजना र पालिकाको एक करोड लगानीमा 

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस