जुम्ला । बडा दसैँ र शुभदिपावलि को अवसरमा कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–३, फोइमहादेवस्थित दहचौर खेल मैदानमा आयोजित प्रथम ऐतिहासिक ‘महादेव गोल्ड कप २०८३’ उपाधी जुम्लाको हिमा एफसी उचालेको छ । भव्यताका साथ सम्पन्न प्रतियोगिताको उपाधी उत्कृष्ट प्रर्दशन गर्दै हिमा एफसीले उपाधी जित्न सफल भएको हो ।
फोइमहादेव युवा क्लबको मुख्य आयोजना तथा तिलागुफा नगरपालिका वडा नं. ३ को सहआयोजनामा सञ्चालित प्रतियोगिता कालिकोट जिल्लाकै इतिहासमा पहिलो पटक ११ ‘ए साइड’ (11-A-Side) फर्म्याटमा सञ्चालन गरिएको थियो।
लिग-कम-नकआउट चरणमा खेलाइएको यस ऐतिहासिक प्रतियोगितामा जुम्ला र कालिकोटका कुल १२ टोलीले उपाधिका लागि कडा प्रतिस्पर्धा गरेका थिए। जसमा हिमा एफसीले आफ्नो खेल कौशलता प्रर्दशनी गरी उपाधी जित्न सफल भएको छ ।

नतिजा तथा आकर्षक पुरस्कार विवरण
अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै हिमा एफसी (HIMA FC) ले पहिलो ‘महादेव गोल्ड कप २०८३’ को ऐतिहासिक उपाधि आफ्नो नाममा दर्ता गर्न सफल भएको छ।
विजेता (प्रथम स्थान): हिमा एफसी — रु. १,२१,१११/- (नगद, भव्य ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता फोइमहादेव युवा क्लबले रु. ६६,६६६/- (नगद, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय स्थानमा आएको नेचुरल एफसी — रु. ३३,३३३/- (नगद, ट्रफी, मेडल र प्रमाणपत्र) प्राप्त गरेको छ ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह तिलागुफा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय बुद्धिजिवी, समाजसेवी, प्रायोजक तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रमका वक्ताहरूले विकट मानिने कालिकोटमा पहिलो पटक यस प्रकारको ठूलो धनराशिको ११ ‘ए साइड’ फुटबल आयोजना हुनुले स्थानीय युवा खेलाडीहरूको प्रतिभा पहिचान र खेल क्षेत्रको विकासमा नयाँ आयाम थपेको बताए।
आउँदै गरेको बिजया दसैँको पूर्वसन्ध्यामा आयोजित यस प्रतियोगिताले खेलप्रेमी तथा कालिकोटबासीमा बेग्लै रौनकता ल्याउनुका साथै युवाहरूबीच भाइचारा र सामाजिक एकता सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजक फोइमहादेव युवा क्लबले जनाएको छ।




