जुम्ला । तातोपानी गाउँपालिका वडा नं ६ को विकास समृद्वी र समाज रुपान्तरणका लागि ´रावतबाडा यूवा क्लब गठन गरिएको छ । समाज सेवी यूवा तथा पत्रकार शुभाकर विश्वकर्माको अध्यक्षतामा रावतबाडा यूवा क्लब गठन गरिएको हो ।
यूवा कृष्ण खड्काको अगुवाईमा मंगलबार रावतबाडामा आयोजित बृहत्त भेलाबाट यूवा शुभाकर विश्वकर्माको अध्यक्षतामा रावतबाडा यूवा क्लब गठन गरिएको हो । त्यसैगरी क्लबको उपाध्यक्षमा शुसिला बुढा (खड्का), सचिवमा पूर्ण कामी, सह-सचिवमा विवेकशील रावत, कोषाध्यक्षमा कमला कामी चयन भएकी छन्।
सदस्यमा शिव सुनार, सुशिल खत्री र टेक कठायत चयन भएका छन्। मंगलबारको भेलाले क्लबको नामाकरण, पदाधिकारी चयन, क्लब दर्ता गर्ने लगायतका निर्णय गरिएको क्लबका अध्यक्ष शुभाकर विश्वकर्माले बताए ।
उनका अनुसार भेलाले यूवा कृष्ण खड्काको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । जसको सदस्यमा भैर कठायत, टेक रावत, तिर्थ कामी,चन्द्र कठायत र डम्बर कामी रहेका छन् ।
गाउँको विकास समृद्वी र यूवा सशक्तिकरणका र समग्र वडा नं ६ को विकासका निम्ती यूवा क्लबले दृढ सोच र लक्ष्य राखेको क्लबका अध्यक्ष विश्वकर्माले कर्णाली मिसनलाई जानकारी दिए ।
क्लब मार्फत खेलकुद प्रर्बद्व संगै समाज रुपान्तरणको विभिन्न गतिविधि संचालन गरिने छ। अध्यक्ष विश्वकर्माले क्लबको जिम्मेवारी काँधमा आएकाले गाउँको विकास, यूवाको सशक्तिकरका लागि सबै संग समन्वय सहकार्य गर्ने उल्लेख गरे ।




