सुरु भयो एमालेको १० औं केन्द्रीय समिति बैठक
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने सहभागी भएका छैनन् । प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरित केही सांसदले मतदान गरेका थिए भने केही सांसद मतदानमै सहभागी भएनन् । सर्वोच्च अदालतको निर्णय अनुसार उनीहरुलाई संसदीय कारवाही गर्न नमिल्ने भएपनि पार्टीले अनुशासनको कारवाही गर्न सक्ने ओली पक्षका नेताहरुले बताउदै आएका छन् ।
त्यस्तै नेकपा एमालेले यसअघि आगामी साउन २५ गतेबाट विधान अधिवेशन बोलाउने निर्णय गरेकाले त्यसको तयारीका बारेमा समेत केन्द्रीय समिति बैठकले निर्णय गर्ने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस