
कर्णाली पोष्ट दैनिक जुम्ला,
मुख्यमन्त्रीको दौडबाट बाहिरिएपछि सांसद नरेश भण्डारीले प्रदेश ६ लाई देशकै समृद्ध प्रदेश बनाएर हेर्नका लागि निम्ता पत्र पठाउने आफ्नो सपना टुटेको बताएका छन् । प्रदेश ६ को संसदीय दलको नेतामा माओवादीले पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई चयन गरेपछि मुख्यमन्त्रीको दौडबाट भण्डारी बाहिरिएका हुन् । तर, उनले प्रदेश समृद्धिका लागि आफू दायित्वबाट बिचलित नभइ लाग्ने बताएका छन् ।
पत्रकारसँग कुरा गर्दै सांसद भण्डारीले भने,’समृद्ध प्रदेश बनाएर हेर्नका लागि सबैलाई निम्ता दिने सपना थियो, त्यो टुटेको छ तर, आफ्नो दायित्वबाट म विचलित भएको छैन ।’ भण्डारीले आफ्नो भजन प्रदेश ६ को समृद्धिकै लागि प्रयोग गर्ने र प्रदेश सरकारलाई सहयोग गर्ने बताए ।
उनले आफ्नो फेसबुक स्टाटसमा समेत समृद्ध र विकाससको प्यासले काकाकुल कर्णाली ६ नं. प्रदेशको दायित्वबाट विचलित नहुने उल्लेख गरेका छन् । ‘समृद्ध र विकासको प्यासले काकाकुल कर्णाली ६ नं. प्रदेशप्रतिको दायित्वबाट रत्तिभर विचलित हुने छैन ।’ भण्डारीले स्टाटसमा उल्लेख गरेका छन् ।
जुम्ला प्रदेश (क) बाट निर्वा्चित सांसद भण्डारीले मुख्यमन्त्रीको दौडबाट बाहिरिनुलाई राजनीतिक यात्राको अल्पबिराम भन्दै आफ्नो फेसबुकमा समेत भावपूर्ण स्टाटस लेखेका छन् । तर, पत्रकारसँग कुरा गर्दै उनले राजनीति यात्रामा बिराम लागेको हल्ला चल्ने भएको जवाफस्वरुप अल्पविराम भएको प्रतिक्रिया दिएको प्रस्ष्ट पारे ।
उनले फेसबुक स्टाटसमा यस्तो लेखेका छन्, ‘समग्र राजनीति यात्राबाट हेर्दा यो अल्पबिराम हो । गरीबीको भिमकाय पहाडले च्यापिएको यो प्रदेशलाई समृद्धि हेर्न निम्ता पत्र पठाउने प्रदेशका रुपमा विकास गर्न सकिन्छ भन्ने सपनाले मलाई यो भूमिकाका लागि प्रेरित गरेको थियो,’ उनले अगाडि लेखेका छन्,’यो प्रक्रियामा सघाउने नेतृत्वपंति, तपाईं समस्त शुभेच्छुक र स्वप्त द्रष्टाहरुका हार्दिक आभार ।