
छोरा सहित दुई जना बेपत्ता
काठमाडौं, २७ माघ ः शनिबार बिहान त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जना अझै फेला परेका छैनन् । घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरेका छन् । उनका अनुसार, बेपत्ता दुईजना भेटिएका छैनन् । उनीहरूको अहिले खोजी कार्य भइरहेको छ ।
शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।
प्रकाशित मिति : २०७४ माघ २७ गते शनिवार