स्वास्थ्य संस्थामा परिवार नियोजन अस्थायी साधन पाईदैनन्

मानदत्त रावल

जुम्ला ः स्वास्थ्य संस्थामा तीन महिना देखि परिवार नियोजनका अस्यायी साधन शून्य मौज्दात रहेका छन् ।
तातोपानी गाउँपालिका स्थित स्वास्थ्य चौकी लिताकोटका इन्र्चाज कमलसिह कठायतले परिवार नियोजनका अस्यायी साधन पिल्स, कण्डम, डिपो जस्ता परिवार नियोजनका अस्थायी साधन गत कार्तिक महिना देखि शून्य मौज्दात रहेको बताए । उनले भने स्वास्थ्य संस्थामा आवश्यक औषधि छैन सेवाग्राहीलाई कसरी चित्त बुझाउनु निकै गाह्रो भएको छ ।
स्वास्थ्य संस्थामा अन्य औषधिको पनि अभाबै छ जिल्लामा औषधिका लागि गयो अब स्थानीय तहले नै औषधि खरिद गर्ने हो र बजेट पनि त्यतै गएको जिल्लाले भन्ने गरेको इन्र्चाज कठायतले बताए । उनले भने स्थानीय तहले चालु आर्थिक बर्षको दोस्रो चौमासिक वित्यो औषधिको नाममा ५० हजारको औषधि भने भने झण्डै ५÷६ हजार जतिको एक काटुन औषधि मात्र दिएको छ ।
एक गाउँपालिकाले दुई लाख रुपैया बजेट विनियोजन गरेको थियो त्यो दुई लाख रुपैया चार वटा स्वास्थ्य चौकीलाई बाड्दा ५० हजार भाग पर्न जान्छ त्यति बजेटले बर्षभरी कसरी चलाउनु जिल्ला स्टोरमा पनि औषधि सकिदै गयो ।
जुम्लाका ७ गाउँपालिका र एक नगरपालिकाले औषधि खरिदका लागि २÷२ लाख बजेट विनियोजन गरेका थिए जुम्लामा ३० वटा स्वास्थ्य संस्था छन् त्यो बजेट अपुग हुनै भन्दै स्थानीय गुनासो गरे पनि स्थानीय तह पुन औषधि खरिदका लागि बजेटको व्यवस्थापन गरेको छैन ।
स्थायी पुरुष बन्ध्याकरण शिविरको माग गरेपनि आउदैनन् गाउँमा
तातोपानी गाउँपालिकामा पर्ने साविकको ताम्ती गाविसका स्थानीयले स्थायी पुरुष बन्ध्याकरण शिविरको माग गरेपनि डाक्टरको टोली गाउँमा आउदैनन् स्थायी जोखे रावतले गुनासो गरे । उनले भने अहिले ४५ बर्षको भए परिवार नियोजनका लागि अस्थायी साधन कण्डम नै प्रयोग गर्दै आएको छु । महिलाहरुले परिवार नियोजनका लागि पिल्स र डिपो प्रयोग गर्ने गरेका छन् उनले भने यहाँका महिलाहरुले धेरै काम गर्नुपर्छ आराम गर्ने पाईदैन त्यसले निकै असर गर्ने गरेको छ । तीन बच्चका बाबु रावतले परिवार नियोजनका लागि स्थायी पुरुष बन्ध्याकरण नै राम्रो हो यहाँ आएर शिविर संचालन गर्दैनन् सदरमुकाम जान १ दिन लाग्छ यातायातको सुविधा छैन खर्च पनि धैरै लाग्ने भएकाले सदरमुकाम खलंगा जाने नसकिएको बताए ।
स्वास्थ्य चौकी ताम्तीका इन्र्चाज भुपेन्द्र पाण्डेका अनुसार परिवार नियोजनका लागि पुरुष स्थायी बन्ध्याकरण लागि एक पटक शिविर संचालन गर्ने योजना तय भएपनि शिविरका लागि आएको टोली सम्बन्धित ठाउँमा नपुगरै कुडारीको त्रिवेणीबाट फर्किएको बताए । उनले यस ठाउँका मान्छेहरु स्थायी बन्ध्याकरण गरेका कमै मात्र छन् सबै महिला पुरुषले परिवार नियोजनका लागि अस्थायी साधन पिल्स डिपो कण्डम नै प्रयोग गर्ने गरेका छन् ।
तातोपानी गाउँपालिकाका प्रमुख नवराज न्यौपानेले पहिलो पटक २ लाख रकमको औषधि खरिद गरी ४ वटा स्वास्थ्य चौकीमा वितरण गरिएको हो अव पुन औषधि खरिद गरी वितरण गर्ने योजना तह भईरहेको उनले बताए । जनस्वास्थ्यले नै औषधि खरिद गर्ने हो भन्ने भयो तर स्थानीय तहले नै औषधि खरिद गर्नुपर्ने रहेछ त्यसले गर्दा पनि समस्या भएको उनले बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस