
काठमाडौँ ः केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारले भोलिसम्म पूर्णता पाउने भएको छ । मन्त्रालय बाँडफाडमा सहमति जुटेसँगै सरकार बिस्तारको बाटो खुलेको हो ।
सरकारमा जाने मन्त्री र मन्त्रालय टुङ्गो लगाउन माओवादी केन्द्रको पूर्व हेडक्वाटर सदस्यहरुको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा जारी छ । माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङ्गो लागेपछि शुक्रबार सपथ ग्रहण गराउने तयारीमा जुटेको छ ।
एमालेको भागमा परेका मन्त्रालय
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्ययन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या
माओवादीको भागमा परेका मन्त्रालय
गृह
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका
एक मन्त्रालय संघीय समाजवादी फोरमलाई दिने तयारी छ । फोरम सरकारमा आउँन सकारात्मक भएपछि एक मन्त्रालय दिने तयारी गरिएको हो । ओली नेतृत्वको सरकारले कुल १८ मन्त्रालय बनाउने तयारी गरेको छ । एमालेले सुर्य चिन्हमा चुनाव लिई स्वतन्त्र लडेका हृदेश त्रिपाठीलाई पनि मन्त्री बनाउने तयारी भइरहेको श्रोतले बताएको छ ।
नयाँ पत्रिकामा खबर छ ।