कर्णाली प्रदेशका मुख्यमन्त्री शाहि लाई दुई तिहाई विश्वासको मत

सुर्खे ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले दुई तिहाई विश्वासको मत पाउनु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश संसदमा पेश गरेको विश्वासको मतसम्वन्धी प्रस्तावको पक्षमा दुईतिहाइभन्दा बढी सांसदले मतदान गरेका छन् । योसँगै प्रदेश सरकारले संसदबाट विश्वासको मत प्राप्त गरेको हो । भने मुख्यमन्त्रीको शाहिको पक्षमा ३२ मत र विपक्षमा ६ मत मात्रै परेका छन् ।

कर्णाली प्रदेशको पाचौ पटक मंगलवार बसेको संसद वैठकमा मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव पेश गर्नु भएको थियो । उक्त प्रस्तावमा मत विभाजन गरिएको थियो ।  प्रस्तावको पक्षमा ३२ र विपक्षमा जम्मा ६ मत खसेको छ । प्रदेश सभामा दुई तिहाइका लागि आवश्यक २८ मत हो । तर विश्वासको मत सम्वन्धी प्रस्तावमा ३२ मत खसेका कारण सरकारले दुई तिहाइ भन्दा बढी मत प्राप्त गरेको छ । यो मत प्राप्त संगै दुई वर्ष सम्म मुख्य मन्त्री शाहि अर्थात प्रदेश सरकार विरुद्धमा अविश्वासको प्रताव ल्याउन नपाईने संविधानमा व्यवस्था छ ।

बैठकमा सभामुख राजबहादुर शाहीले मुख्यमन्त्रीले पेश गरेको विश्वासको मत सवन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए । यो संगै प्रदेश सरकारलाई कार्यसम्पादन गर्न सहज हुने सभामुख शाहिको अपेक्षा छ ।

कर्णाली प्रदेशको पहिलो दल नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शाहीको पक्षमा एमाले र माओवादीका सांसदले मतदान गरे । तर संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र राष्टिय प्रजातन्त्र पार्टीले भने सरकारको विपक्षमा मतदान गरेका छन् । जसमा ६ मत विपक्षमा परेका छन् ।

कांग्रेसका पाँच र राप्रपाका एक सांसदले विपक्षमा मतदान गरेपछि ६ मत विपक्षमा परेका हुन् । यो प्रदेशमा प्रमुख दुई दल एमाले र माओवादी मिलेर सरकार बनाएपछि अन्य दुई दल नेपाली कांग्रेस र राष्टिय प्रजातन्त्र पार्टी भने प्रतिपक्ष दलका रुपमा खडा भएका छन् । ।

संसदमा एमालेका २० र माओवादी केन्द्रको १३ मत रहेको छ । यस्तै कांग्रेससँग पाँच र राप्रपाको एक मत छ । मगंलवारको बैठकमा कांग्रेसका एक सांसद भने उपस्थित भएका थिएनन । भने नेकपा एमालेका पनि सांसद सहभागी थिएनन । बैठकमा सहभागी हुन ह्वईप जारी गरेपनि कोहि सहभागी नभएको संसद सचिवायलले जनाएको छ ।

मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्वासको मत मागेपछि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नीति, योजना र कामका आधारमा सरकारलाई सहयोग गर्ने बताए । योजनाका आधारमा सरकारलाई सहयोग गरेपनि कांग्रेसले सरकारलाई मत दिन भने नसक्ने उल्लेख गरे ।

काँग्रेस प्रतिपक्षमै बस्ने उनले दाबी गरे । सरकारलाई मनपरी गर्न नदिन कांग्रेसले प्रतिपक्षको भूमिकाबाट सधै खबरदारी गर्ने बताए । संसद बैठक अर्को सुचना टास नहुन्जेल सम्मको लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस