बुटवल । बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा रूपन्देही(११ सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको क्वार्टरफाइनलमा नवलपरासीलाई ३(१ गोलले पराजित गर्दै रूपन्देही सेमिफाइनलमा पुगेको हो।
रूपन्देहीको जितमा अशोक थापाले २३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५१औं मिनेटमा निशान लिम्बूले गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको अन्तिम समयमा रूपन्देहीका अशोक थापाले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए। नवलपरासीका विदेशी खेलाडी कोलीले सान्त्वना गोल फर्काए। खेलमा रूपन्देहीले आधा दर्जन अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन।
विपक्षी टोली उपस्थित नभएपछि क्वार्टरफाइनल खेल्ने मौका पाएको नवलपरासीले तीन वटा मात्रै सुनौलो अवसर पाए पनि रूपन्देहीका गोलरक्षक साजन श्रेष्ठ बाधक बनेका थिए। प्रतियोगितामा रूपन्देहीका गौरव बुढाथोकी म्यान अफ दी म्याच घोषित भए। प्रतियोगिताअन्तर्गत आइतबार दुई विभागीय टोली एपीएफ र नेपाल प्रहरीबीच खेल हुनेछ।
देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भइरहेको प्रतियोगिताको विजेताले सात लाख ७७ हजार सात सय ७७ रुपैयाँ प्राप्त गर्नेछ। यसैगरी उपविजेताले चार लाख ४४ हजार चार सय ४४ रुपैयाँ पाउनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट हुने खेलाडीले पनि आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्।