
काठमान्डौ ः त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो दुर्घटनाग्रस्त विमानमा घाइतेहरुका आफन्तहरु केएमसी अस्पताल सिनामंगलमा । तस्बिर स् रोशन सापकोटाररासस
काठमाडौं स् त्रिवि शिक्षण अस्पतालले सोमबार भएको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरेको छ। सोमबार राति तीनजनाको पोस्टमार्टम गरिएको अस्पतालले जनाएको छ।
सोमबार दिउसो भएको युएस बङ्ला विमान दुर्घटनामा २२ नेपालीसहित ४९ जनाले ज्यान गुमाएका छन्।
त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले मृतकको हुलिया र जाहेरीसहितको विवरण बुझिरहेको छ। विवरण बुझ्ने, त्यसबमोजिम पोस्टमार्टम गर्ने र शव बुझाउने कार्य क्रमैसँग गरिने विभागका प्रमुख डा. हरिहर वस्तीले जानकारी दिए।
वस्तीका अनुसार सबै पोस्टमार्टम गर्न कम्तिमा चार दिन लाग्ने छ। अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागअगाडि मृतकका आफन्तको रुवाबासी छ। विमानमा आगो लाग्दा जलेका शवको पहिचानमा समेत समस्या भएको वस्तीले जानकारी दिए।
विमानमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए। तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको त्रिभुवन अन्तर्रा्ष्ट्रियस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।
दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। २२ जना मध्ये काठमाडौं मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको छ। ग्रान्डी अस्पतालमा चारजना, नर्भिक अस्पतालमा ५ जना तथा मेडिसिटी, ओम र न्युरो अस्पतालमा एकरएकजनाको उपचार भइरहेको छ। उपचार भइरहेका मध्ये १० नेपाली नगारिक हुन्।
मन्त्रिपरिषदले सोमबार नै युएस बङ्गला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ।