छुटेन हवाईयात्रामा सास्ती- कर्णाली प्रदेशमा आन्तरिक उडानको माग

सागर परियार, जुम्ला ।
कर्णाली बासीले सदियौ देखि हवाई यात्रामा निकै सास्ती झेल्दै आएका छन् । तर यस विषयमा नत पहिला केन्द्र सरकारले चासो राख्या न अहिले प्रदेश सरकाले आखिर कहिले सम्म हवाई यात्रामा कर्णाली बासीले सास्ती भोगीराख्ने भन्दै कर्णाली बानसीले बारम्बार गुनासो गरेका छन्

यसै त कर्णाली क्षेत्रमा रोग, भोक, अशिक्षा, अज्ञानताको गरिबीको चपेटामा छ । त्यसमा पनि कर्णाली प्रदेशको आन्तरिक उडान नहुँदा कर्णाली बासीले निकै सास्ती पाएको अबस्था छ । कर्णालीका जुम्ला,मुगु,हुम्ला,डोल्पा र कालिकोटका स्थानियको घर घडेरी प्राय ः सुर्खेतमानै छ ।
पहिले देखि अहिले सम्म काम पर्दा हवाई यात्राबाट सहजै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा झर्न पाएको अबस्था छैन् ।

सिंजाका मोती दमाईको सुर्खेतमा घर छ । उनि प्राय आउदा जादा हवाई यात्रा गदर्छन । सुर्खेत जानको लागि ५ नम्बर प्रदेशको नेपालगन्ज हुदै आउने पर्ने समस्या रहेको बताए । गाडी बाट जाउ काम भेटाउन पर्ने, हवाई यात्राबाट जाउ पुरै नेपालगन्ज घुमेर उल्टो आउने पर्ने भएकाले खर्च व्यवस्थापनमा पनि गाह्रो हुने गरेको मोती दमाई बताउन्छन् ।

पहिले सुर्खेत बाट जुम्ला हवाई यात्राका लागि झण्डै ५ हजार माथि आउदा र ३ हजार २ सय जादाको भाडा थियो । तर विचमा सुर्खेत जिल्लामा हवाई यात्रा बन्द भएपछि अहिले सुर्खेत आउन नेपागन्जको टिकट काट्नुको विकल्प नरहेको स्थानिय हर्ष नेपालीले बताए ।

जनप्रतिनिधि मारमा
कर्णाली प्रदेश भित्र आन्तरिक उडान नहुदा यहाँका नागरिक त पिडित छन् । त्यो भन्दा बढि कर्णाली क्षेत्रका जनप्रतिनिधिहरु मारमा परेका छन् । प्रदेश स्तरमा भईरहने विभिन्न बैठकमा उपस्थिती हुन आउँदा गाडीको भर नहुने हवाई यात्रा गरेपछि सिधै समयमै नपुगिने तिला गाउँपालिका उपप्रमुख विष्णु बुढाले बताईन ।

उनले भनिन,आन्तरिक उडान नहुँदा अधिंकाश बैठकहरुमा कर्णालीका जनप्रतिनिधि उपस्थिती पनि हुन सकेन । प्रदेशस्तरका बैठकमा अनिवार्य आउन पत्रचार गरेपनि गाडीको यात्रा भरपर्दो नहुने तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने । हवाईयात्रा गर्दा विना सिति ५ नम्बर प्रदेशको नेपालगन्ज पुग्दा आउन जानको समस्या हुने गरेको छ ।

केहि स्थानिय तथा जनप्रतिनिधिहरु आन्तरिक उडान नहुदा समस्या परेका प्रतिनिधि पात्रहरु हुन । कर्णाली प्रदेशको राजधानी सुर्खेत जान प्रदेश ५ को नेपालगन्ज हुँदै जानु पर्ने बाध्यता यहाँ सबैलाई छ । त्यो बाहेक अरु विकल्प पनि छैन ।

आन्तरिक उडानको माग
कर्णाली क्षेत्रका नागरिकले सबै जिल्लाबाट प्रदेश राजधानी सुर्खेत सम्म सीधा उडान हुनुपर्ने माग गरेका छन् । करिब एक वर्षदेखि जुम्ला–सुर्खेत हवाई सेवा बन्द हुँदा केन्द्र सरकारको यस विषयमा ध्यान केन्न्द्रित हुन सकेन ।

तर प्रदेश सरकार बनेको एक महिना बढि पुग्न लागी सक्दा पनि यसबारे ध्यान नदिएको भन्दै स्थानीय महेन्द्र कार्कीले गुनासो गरे । मन्त्रीहरु आफु आउँदा सरकारी हेलिकप्टेर चेडर आउने तर सामान्य नागरिक आफ्नो गतव्य जादा रिगिघुमि जानु पर्ने समस्या लाई मध्यनजर नगर्नु दुखद पक्ष भएको उनको ठम्याई छ ।

एक साताअघि गरिबी निवारण कोषले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका जनप्रतिनिधिहरू नेपालगन्ज हुँदै पुगेका थिए । यस बारे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले प्रदेश भित्र आन्तरिक उडानका बारेमा चासो दिनु भएको छ ।

कर्णालीका सबै जिल्लाबाट सुर्खेत सिधा आउने जाने व्यवस्थापनका लागि चाडै छलफल थालिने टेलिफोन मार्फत मुख्यमन्त्रीको भनाईलाई उद्रित गर्दै उनका प्रमुख स्वकिय सचिव शुरेस कुँवरले बताए । उनले भने, पहिले सुर्खेत बाट कर्णालीका सबै जिल्लामा भर्दै आएको उडान के कति कारण रोकिएको हो यस विषयमा बुझी निष्कर्ष निकालीने बताए ।

प्रदेश सरकारले यस समस्यालाई गम्भीर रुपमा लिएको छ,गृहमन्त्री नरेश भण्डारीले टेलिफोनमा भने, अब कर्णाली क्षेत्रका नागरिक सुर्खेत आउन नेपालगन्ज जानु पर्ने बाध्यात्मक समस्या बाट अहिलेको प्रदेश सरकारले छिटै उन्मुख्क्ती दिने पनि प्रतिबद्धता गरे ।

प्रकाशित मिति : २०७४ फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस