जुम्लामा करोडौँको लगानीमा हाईटेक नर्सरी स्थापना

जुम्ला ः जुम्लामा १ करोड १७ लाख ५९ हजार ७ सय ५० रकमको लागतमा हाईटेक नर्सरी स्थापना गरी उन्नत जातको स्याउको विरुवा उत्पादन गरिने भएको छ । स्याउ सुपरजोन कार्यक्रम जुम्लाको ८५ प्रतिशत आर्थिक सहयोग र नर्सरी धनीको १५ प्रतिशत लागतमा उक्त हाईटेक नर्सरी स्थापना भएको हो । चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडका दुई जना कृषकहरुले हाईटेक नर्सरी स्थापना गरेका छन् । जुम्लाका किसानका स्याउ वगैँचामा वेला वेलामा रोग तथा किराले निराश वनाएका सयममा जुम्लामै भाइसर फ्रि स्याउको विरुवा उत्पादन हुने भएको छ ।
जुम्लामा पाईने स्थानीय जातको स्याउको विरुवा भन्दा दोव्वर उत्पादन दिने मदर पलान्ट र रुट स्टक (विरुवाको जरा) भारतको सिम्लाबाट १० लाख रुपैँयको लागतमा चार सय स्याउको भाइरस फ्रि विरुवा ल्याएर स्याउको विरुवा उत्पादन गरिने भएको छ । एक विरुवाको जराबाट नै २० वटा विरुवासम्म विरुवा उत्पादन दिन सक्ने क्षमता भएको उक्त विरुवाबाट पहिलेको विरुवा स्थानीय जातको विरुवा भन्दा भन्दा छोटो समयमा नै धेरै नाफा लिन सक्ने भएकोले किसानहरुलाई राहत पुग्ने भएको छ ।
भारतबाट माउ(फिमेल) विरुवा ल्याएर जुम्लामा पहिलो पटक उत्पादन गर्न थालेको हाईटेक नर्सरी धनी रतनबहादुर रावतले बताए । स्थानीय स्याउको विरुवा भन्दा फरक जातको एम सेरिजको ११, एम सेरिजको ०८ र ०७ जातको स्याउको विरुवाले दोब्बर उत्पादन दिने भएकोले हाईटेक नर्सरीको स्थापना गरेको नर्सरी धनी रावतले बताए । जुन पहिले स्थानीय जातको स्याउको नर्सरी स्थापना गरेको ठाँउबाट नै तीन गुण उत्पादनमा वृद्धि दिने भएकोले हाईटेक नर्सरी स्थापना गरेको उनले बताए । जिल्लामा दुई जना किसानले पहिलो पटक अलग अलग रुपमा हाईटेक नर्सरी स्थापना गरेको रावतले भने । विरुवाको लागि टनेल भित्र आवश्यक पर्ने सवै उपकरणबाट उत्पादन हुने भएकोले पनि स्थानीय जातको नर्सरी भन्दा दोव्वर उत्पादन दिने क्षमता भएको उनले बताए ।
हाईटेक विरुवा जुम्लाको हावापानी अनुकल भएको जुम्लामा सजिलैसंग फलाउन सक्ने स्याउ सुपरजोन जुम्लाका स्याउ विज्ञ रामलाल श्रेष्ठले बताए । उनका अनुसार उक्त स्याउको मदर पालान्ट र विरुवाको जराले वर्षमा दुई पटक विरुवा उत्पादन गर्ने क्षमता भएको र जुम्लाका किसानहरुलाई स्याउका विरुवा आफै उत्पादन गरि आत्मनिर्भर हुनको लागि पनि यो नयाँ प्रविधि हाईटेक विरुवा उत्पादन गर्न सहयोग र सल्लाह दिएको उनले बताए । जिल्लाका स्याउका नर्सरी किसानहरुलाई पनि यो हाईटेक नर्सरी स्थापना गरि विरुवा उत्पादन गर्ने वातावरण स्याउ सुपरजोनले बनाउने लक्ष्य लिएको समेत श्रेष्ठले बताए । धेरै उत्पादन दिने र भाइरस फ्रि विरुवामा रोग लाग्ने सम्भावना कम हुने र यसले गर्दा जिल्लालाई स्याउमा आत्मनिर्भर बनाउन सक्ने स्याउ विज्ञ श्रेष्ठले बताए ।
एम सेरिजको ११, एम सेरिजको ०८ र ०७ जातको स्याउको विरुवाले दोब्बर उत्पादन दिने र भारतबाट स्याउका विरुवा ल्याउनु भन्दा मदर पलान्ट र रुट स्टक (स्याउको जरा) बाट स्याउका विरुवा उत्पादन गर्न उत्तम भएकाले जुम्लामा पहिले पटक हाईटेक नर्सरी स्थापना गरिएको स्याउ सुपरजोन कार्यक्रम जुम्लाका प्रमुख टिकाराम शर्माले बताए । जुम्लाको अधिकांश समय सम्म सुख्खा भईरहने भएकोले रोग तथा किरा लाग्ने सम्भावना कम भएको र जति सुख्खा हन्छ त्यति विरुवामा रोग तथा किरा कम लाग्ने समेत प्रमुख शर्माले बताए । पहिले नर्सरी किसानले नै हाईटेक विरुवाबाट स्याउ नमुना परिक्षण गरि मात्र आम किसानहरु सामु पु¥याउने प्रमुख शर्माले बताए ।

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस