
जुम्ला ः कृषिमा यान्त्रिककरण र आधुनिकिकरणको अभावले हिमाली क्षेत्रमा लक्ष्य अनुसारको उब्जनी हुदैन । परम्परागत शैलीमा खेरिने खेतीपातीले उत्पादकत्व ह्रास हुदै गईरहेको अबस्था छ । खनजोत देखि मलजल सम्मका विविध पक्षमा आबश्यक ज्ञान तथा साधन नहुँदा पनि हिमाली जिल्लाको कृषि क्षेत्रमा निकै समस्या देखिएको छ ।
बढि बलौटे माटो रहेको हिमाली क्षेत्रमा नत कुनै आधुनिक औजारको प्रयोग हुन्छ । नत कृषिको लागि नयाँ ज्ञाननै छ । सबै पुरानै शैलीले गर्दा रैथाने बालीहरु विस्तापित हुदै गएको कृषि विज्ञहरुको अनुभव छ । समय अनुसारको खेतीपाती गर्न आबश्यक ज्ञान सिपको आवश्यक पर्दछ । बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाले सधै मान्छेकै भरले सयौँ रोपनी जग्गाहरु बाझा हुन्छन् । सरोकारवालाहरुले किसानलाई आधुनिकीकरण तर्फ लिन आबश्यक रहेको उनको बुझाई छ ।
कृषि क्षेत्रमा आधुनिकता नभएको अबस्था चलिरहेको कृषि क्षेत्रको दृष्य हो । तर संघिय संरचना पछि केहि कुरा पक्कै सहजता भएको नागरिकहरुको अनुभव छ । गाउँ गाउँमा सडक पुगेका छन् । खानेपानी शिक्षा, संचारमा पनि उतिकै प्रथामिकता छ ।
जुम्लाको पातारासी गाउँपालिकाले कृषि क्षेत्रको समृद्धिका लागि यहाँका व्यवसायिक कृषकलाई आधुनिक हाते ट्याक्टर(मिनिटिलर) वितरण गरेको छ । पातारासी गाउँपालिका कृषि शाखाले चार जना कृषकलाई मिनिटिलर वितरण गरेको कृषि संयोजक लक्षिराम महतले बताए । उनका अनुसार खनजोतमा सहजता होस्, खनजोतकै अभावले बाझा रहेका जग्गाहरु प्रयोगमा आउन भन्ने उद्देश्यले मिनिटिलर वितरण गरिएको हो । इन्धन मार्फत संचालन हुने आधुनिक मिनिटिलर लेकबेसीका खेतमा खनजोत गर्छ महतले भने सबै जग्गा सदुपयोग भए उत्पादन बृद्धि हुने अनुमान गरिएको छ । कृषि शाखा पातारासी गाउँपालिकाको तिन लाख ६० हजार लागतमा खरिद गरी वितरण गरिएको बरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कडेलले बताए ।
बाझो जग्गा खनजोत गरी उब्जनी हुने
खनजोतको अभावमा बाझैे रहेको जग्गाबाट अब उब्जनी धेरै हुने किसानहरुको आशा रहेको छ । घर नजिककै खेतवारीमा मात्रै खनजोत गर्ने । तर घर भन्दा टाढा रहेका जग्गामा गोरु लिने हलो लिई खनजोत गर्न नसकि बाझो रहेका जग्गा अब प्रयोगमा आउने मिनिटिलर प्राप्त गरेका व्यवसायिक कृषक तारा बोहोराले बताए । उनले अब सबै ठाउँमा खनजोत हुन्छ बाँझो रहदैन । मलजल गरी उत्पादन बढाईने उनको भनाई छ । पातारासी गाउँपालिकाका १८ वटा समुहलाई लक्षित गरी ४ वटा मिनिटिलर वितरण गरिएको हो । कृषकले मिनिटिलर पाएपछि निकै खुशी भएका छन् । अब ढुक्क भएर कृषि खेतीपाती गरिने भयो । अर्का किसान पुष्पा बोहोराले भनिन, कृषिलाई आधुनिकीकरण गर्न सघाउने निकाय प्रति पनि आभार व्यक्त गरिन् ।
विभिन्न गाउँका व्यवसायिक कृषकहरुलाई छनौट गरी वितरण गरिएको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए । यो परिक्षण हो उनले भने यसले कृृषिमा सफाल्ता ल्याएको अबस्थामा पछिका वर्षमा पातारासीका वडाका किसानहरुलाई वितरण गर्ने योजना छ ।
अहिले वितरण गरिएका हाते ट्याक्टर(मिनिटिलर) समुहमा रहेका किसानहरुले मिलेर संचालन गर्नेछन् । एक घण्टामा एक लिटर इन्धन लाग्ने र एक रोपनी जग्गा जोत्न सकिने कृषि संयोजक लक्षिराम महतले बताए । पातारासी क्षेत्रमा रहेको कृषि सम्भावनालाई मध्यनजर गरी ३ लाख ६० हजारको लागतमा खरिद गरी पुरै अनुदानमा समुहरुलाई वितरण गरिएको हो ।
प्रधानमन्त्री कृषि आधसनकीकरण परियोजना को आर्थिक सहयोग तथा पातारासी गाउँपालिका कृृषि शाखाको समन्वयमा वितरण भएको जनाइएको छ । हाते ट्याक्टर मिनिटिलरले पातारासी गाउँपालिका क्षेत्रमा रहेका विभिन्न ब्लकलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।