
शुभाकर विश्वकर्मा,
मुगु । कर्णाली–रारा पर्यटन वर्ष २०७५ को पुर्वसन्ध्यामा रारा तालमा प्याराग्लाईडिङ शुरु हुने भएको छ । राराको मुर्माटप बाट साहिसिक प्याराग्लाईडि¨ शुरु हुने भएको हो । विश्व कृर्तिमानी रेकर्ड कायम गरेका सानु वावु सुनुवारले प्याराग्लाइडिङ गर्ने भएका हुन ।
मुर्मा टप बाट राराको पुरै दृश्य अवलोकन, गरिनुका साथै अपि, सैपाल, कान्जिरोवा, सिस्ने, कोइकि हिमाल लगाएत अन्य विभिन्न ठाउँहरुको दृश्य अवलोकन गर्न सकिन्छ । राराको मुर्मा टपमा पहिलो पटक साहसिक प्याराग्लाईडि¨ शुरु गर्नको लागि मुगुका प्रतिनिधि सभा सदस्य गोपाल वम, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीका स्वकिय सचिव ललितजंग महत, नेपाल पर्यटन व्यवसायी संगठन कर्णाली प्रदेशका संयोजक देबिकृष्ण रोकाया र प्याराग्लाइडिङका सानु वावु सुनुवार विच प्याराग्लाइडिङ उडानका बिषय भएको छलफल भएको थियो ।
रारामा नियमित प्याराग्लाइडिङका लागी सम्भाव्यता अध्ययन गरिने यूवा पर्यटन व्यवसायी एवं पर्यटन अभियानता देबिकृष्ण रोकायाले वताए । समृद्ध कर्णाली प्रदेश निर्माणका लागी अव स्थानिय जनताहरु लाभाम्वित हुने गरि पूर्वाधार तयार गर्नु पर्ने रोकायाको भनाई छ ।
कर्णाली प्रदेश पर्यटन क्षेत्रमा धेरै सम्भावना बोकेको भएकाले बिभिन्न सासशिक खेल पर्यटनको विकास गरि कर्णाली रारा पर्यटन वर्षलाई सफल बनाउनु पर्ने लामो समय देखि पर्यटन क्षेत्रमा काम गदै आएका ललितजङ महतले बताए । मुर्मा टप समुन्द्र सतह देखि ३८०० मिटरको उचाईमा रहेको छ