
जुम्ला ः जुम्लामा सम्पन्न १० औँ राष्ट्रपति रनिङ्ख शिल्ड प्रतियोगिताको उपाधी चन्दननाथ नमुना माध्यामिक विद्यालयले पाप्त गरेको छ । संचालन भएका विभिन्न प्रतियोगितामा चन्दननाथ माविले स्वर्ण पदक ल्याए पछि अंक भारका आधारमा उत्कृष्ट भएपछि शिल्ड सहित १५ हजार नगद रासीको उपाधी चन्दननाथ माविले पाप्त गरेको हो ।
एथेलेक्टीक, भलिबल, मार्सलाट, तथा कबडी तर्फका खेलहरुमा चन्दननाथ मावीले अधिंकाश खेलमा स्वर्ण पदक ल्याएको छ । भने, कर्णाली मावि अनामनगरले राष्ट्पति रनिङ्ख शिल्डको उपविजेता पुरस्कार प्राप्त गरेको छ । तेस्रो स्थानमा जनता मावि प्राविधिक विद्यालय आएको छ ।
प्रतियोगितामा उजविजेता तथा तृतिय हुने विद्यालयलाई क्रमशः १२ हजार, ९ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख कविदत्त न्यौपाने बताए । उनका अनुसार सबै अंक भारका आधारका उत्कृष्ट आउने सहभागी मध्ये विद्यालयलाई ७५ हजार नगद दिईने छ ।
चन्दननाथ माविले एथेलेक्टिक तर्फ १२ स्वर्ण, मार्सलाट तर्फ १० स्वर्ण गरी २२ स्वर्ण प्राप्त गरी शिल्ड हात पारेको छ । उपविजेता कर्णाली मावि अनामनगरले एथेलेक्टीक तर्फ ४ स्वर्ण ल्याएको हो । भने, जनता माविले एथेलेक्टीकमा १ स्वर्ण, मार्सलाटमा १ स्वर्ण र अन्यमा ५ रजत ल्याएको जनाइएको छ ।
भलिबलको उपाधी नेपाल राष्ट्रिय मावि लिन सफल
राष्ट्पति रनिङ्ख शिल्ड प्रतियोगिताको निकै आर्कषक मानिएको भलिबल प्रतियोगिताको छात्र तर्फको उपाधी नेपाल राष्ट्यि मावि मालिकाबोता सिंजा पाप्त गरेको छ । फाईनल खेलमा सिंजाकै कनकासुन्दरी मावि लुड्कुलाई हराउदै नेपाल राष्ट्यि माविले जित हासिल गरेको हो । निकै रोचक मानिएको उक्त खेलमा अन्तिम हाफको केहि अंक अन्तरले कनकासुन्दरी मावि भविलब छात्र तर्फ जराजित भएको प्रशिक्षक बरमबहादुर महतले बताए ।
उनका अनुसार नेपाल राष्ट्यि माविले गतवर्ष पनि छात्र तर्फको भलिवलको उपाधी लिन सफल भएको थियो । भविलबको शिल्डसंगै, प्रमाण पत्र मेडल सहित सम्मान गरिएको छ ।
त्यस्तै छात्रा तर्फको भलिबल खेलमा चन्दननाथ माविलाई हराउदै जनता माविले जितेको छ । निकै प्रतिष्प्रधात्मक रुपमा हेरिएको छात्रा भविलबलमा जनता माविले जित हासिल गरेको हो ।
खेलमा उत्कृष्ट हुने विभिन्न विद्याका खेलाडीलाई कार्यक्रमका अतिथिहरुले प्रमाणपत्र, मेडल सहित सम्मान गरेका छन् । जुम्लामा तीन दिन सम्म संचालन भएको प्रतियोगितामा जुम्लाका १८ वटा मावि विद्यालयले सहभागीता जनाएका थिए । विद्यार्थीको सर्वागिण विकासका लागि प्रत्येक वर्षमा राष्ट्पति रनिङ्ख शिल्ड प्रतियोगिता हुने गरेको छ ।