जुम्ला ः हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल नेत्र ज्योती संघ शाखा जुम्लाका आयोजनामा तिन दिने निशुल्क आँखा उपचार शिविर संचालन भएको छ ।
हिमालय आँखा अस्पताल पोखराकी डाक्टर बविता गुरुङ सहितको नौ जनाको टोलीले आँखा चेकजाँच देखि शल्यक्रिया गरिरहेका छन् । मंगलबार देखि जुम्लाको खलंगामा संचालित ३३ औँ निशुल्क आँखा शिविरमा पाँच सय ६९ जनाको आँखा चेकजाँच भएको छ भने १० जनाको शल्यक्रिया भएको नेत्र ज्योती संघ शाखा जुम्लाका प्रमुख कालीबहादुर रावतले बताए ।
चैत २९ गते सम्म संचालन हुने शिविरमा अझै सेवाग्राही थपिने संम्भावना रहेको जनाएको छ ।
घर आगनमै विशेषज्ञ सहितको आँखाको शल्यक्रिया भएपछि यहाँका जेष्ठ नागरिकलाई सहज भएको जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले बताए । उनले भने हिमालय आँखा अस्पताल पोखराले पटक पटक हिमाली जिल्ला जुम्लामा पुगेर सेवा दिएको छ ।