हराभरा उजाड बनाउने काम नहोस्

 

लेखक -लोकेन्द्र राज गिरी

नयाँ बर्षको शुरूवात सङ्गै कर्णाली प्रदेशलाई समृद्धिको आधार पर्यटन र पुर्बाधार भन्ने नारा सहित कर्णाली रारा पर्यटन बर्ष २०७५ घोषणा गरेको छ । बैशाख १ गते प्रधानमन्त्री के.पि ओलिले राराताल बाट पर्यटन बर्षको उद्द्घाटन गरेर बर्ष भरी नै पर्यटन प्रबर्द्धनका गतिविधि संचालन गर्ने योजनाका साथ समृद्व तथा बलियो प्रदेशको आधारका रुपमा यस कर्णाली रारा पर्यटन बर्ष २०७५ लाई लिइएको छ । प्रदेश सरकारले समृद्ध प्रदेश निर्माणका लागि गरेको घोषणा म गलत छ त भन्न सक्दैन तर होचुवाको भरमा वा सामान्य ढंगले यसको कार्य थालनी गरिएको जस्तो मलाई लाग्छ ।
पर्यटनलाई सबै जसो देशहरूले यसलाई वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य माध्यम ठानी क्रमश देशिय र अन्तर्देशीय पर्यटन भित्राई देशको आन्तरिक बिकास, गार्हस्थ उत्पादन, प्रतिब्यक्ती आय बढाउनुका साथै ठुला तथा घरेलु उद्योग उत्पादनमा वृद्धि, बेरोजगारी समस्या समाधान गर्ने जस्ता लक्ष्य राखिएका हुन्छन तर यहाँ यस्तो केही देखिदैन त्यति मात्र होइन यस बर्ष कर्णाली प्रदेशमा आउने पर्यटकहरु लाई पाउने सेवा सुबिधा र संरचनाहरु, आकर्षक पर्यटकीय गन्तव्य बारे सुचना, पर्यटकहरूको सुरक्षाको बन्दोबस्त, यस प्रदेशका तथ्य तथा तस्वीरहरुलाई प्रसार प्रसार गर्न सकिरहेको छैन कमजोर सडकका कारण कर्णाली राजमार्गले मृत्युमार्गको परिचय पाएको छ न सडक यातायात प्रभाबकारी नत हवाई यातायात, हवाई यातायात कामचलाउ हालतमा छन यहाँ चल्ने यातायात सुबिधा बिहिन तर ज्यादै महँगा छन, महँगो यातायातले पर्यटक लोभ्याउन सक्दैन त्यस्तै यहाँ आउने बाहिर्य पर्यटकहरुको आगमन र तिनिहरुको बसाईमा वृद्धि गर्न अधिकतम प्रयत्न गर्नुपर्ने हो त्यसका लागि आबश्यक आन्तरिक पर्यटनलाई बिकसित र ब्यबस्थित गर्न योजना बद्व प्रकारले कार्य योजना तयार गर्नुपर्ने हो त्यस्तो पनि देखिदैन ।
यस पर्यटन बर्ष लाई सफल पार्न जनशक्तिको बिकास र त्यस सम्बन्धि राम्रो योजना हुनुपर्ने हो र सोही अनुसार जनशक्ति परिचालन गर्नुपर्ने हो त्यो जनशक्तिले यहाँको उजाड लाई हराभरा बनाउन योगदान पुर्याउन्थ्यो तर उल्टो जनशक्ति बिना वा अभाबमै होचुवाको भरमा ब्यक्ति बिशेष पबलिसिटीका कारणले गर्दा यस प्रदेशको हराभरा लाई समेत उजाडमा परिणत गर्ने संकेत म देख्दछु ।
यस प्रदेशलाई समृद्ध बनाउन प्रशस्त सम्भावनाहरु छन जनताले झै कर्णाली प्रदेश सरकारले सम्भावनाहरु मात्र देखेर निर्णय गर्यो यसले आउने दिनमा समस्या आउने निश्चित छ सम्भावना मात्र भएर कुनै पनि बिकास हुन सक्दैन त्यसका लागि ब्यबस्थित योजनाबद्व काम र इच्छाशक्ति आबश्यक हुन आउँछ, योजनाबद्ध काम नै नभई हामी एकै पटक पर्यटन बर्षको रूपमा मनाउदैछौ, यति खेर हामी सङ्ग थुप्रै चुनौतीहरु संबेदनसिल बनेर आएका छन जस्तो राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय बजार सम्म पुग्ने गरि बजार प्रबर्द्धन वा प्रसार हुन सकेको छैन । उद्द्घाटनमा आउने पर्यटकलाई ब्यबस्थित बन्दोबस्त गर्न चुनौतीपूर्ण छ रारा सम्म पुग्न का लागि साघुरा र हिलाम्मे बाटो छन त्यसैले सम्भाबित बिपत र जोखिमलाई ध्यानमा राखेर रणनीतिक सडक बनाउनु पर्नेछ ।
कुनै पनि देशको बिकास सङ्ग त्यो देशको इतिहास जोडिएको हुन्छ, भूगोल जोडिएको हुन्छ, राजनीति, समाज, सस्कृती, पहिचान, बिज्ञान, उत्पादन, उपभोग र बिक्रीवितरण जोडिएको हुन्छ के हामीले पर्यटन बर्षलाई यता तिर ध्यान दिएका छौ ? कर्णालीको खस सभ्यता नेपाली सभ्यता, खस भाषा नेपाली भाषा, खस धर्म नेपाली धर्म जस्ता कुरालाई उठान गर्न सकेको छैन, यदि खस भाषा, खस धर्म र खस सभ्यता को उजागर सहितको योजना बनाएको भए, सम्पूर्ण खस हरुको उदगम थलो यहि हो ती सम्पुर्ण खस हरु आफ्नो सभ्यताका लागि कर्णालीमा उतार्ने योजना बनाएको भए, दुनियाँले स्विकारेको र हिजोको बलियो साम्राज्य र हाम्रो सभ्यता धेरै माथी उठ्ने थियो दुर्भाग्य त्यस्तो हुने पनि देखिन्न ।
अल्बर्ट आइस्टाइनले भनेका छन “धेरै मानिसहरू काम पुरानै गर्छन तर नतिजा नयाँ रोज्छन यसरी पुरानै तरिका बाट काम गरेर नतिजा नयाँ खोज्नु मानवीय पागलपन हो ।“ रारा, फोक्सुण्डो पाचल लगायतका यस प्रदेशका धरोहर पर्यटक पर्खेर बसेका छन । पर्यटक लोभ्याउनका लागि सजिएर हराभरा भएका छन रारामा वाइफाई होइन त्योभन्दा पहिला सरल सहज र सस्तो बासस्थान, यातायात खोजेकाछन खाने बस्ने बन्दोबस्तका साथै पर्यटन सङ्ग सम्बन्धित दक्ष जनशक्ति खोजेका छन जसले हराभरा लाई फुल्बुट्टा भरोस, तर म देख्छु यहाको सम्पुर्ण तयारी हेर्दा हराभरा लाई फुल्बुट्टा होइन हराभरा लाई उजाड बनाउने छन, आशा गरौ त्यसो नहोस् ।

प्रकाशित मिति : २०७४ चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस