कर्णालीवासीलाई छिट्टै हवाई सुविधा

दुनै । कर्णालीका जनताले छिट्टै हवाई सुविधा पाउने भएका छन्। प्रधानमन्त्रीको त्रिपुरासुन्दरी भ्रमणको विशेष व्यवस्थापनका लागि गृहजिल्ला पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले डोल्पाको जुफाल विमानस्थलामा पत्रकारसँग यस्तो बताएका हुन्।

मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला पुगेका राज्यमन्त्री बुढाले दुई महिनाभित्र कर्णालीका जनताले हवाई सेवा उपभोग गर्न पाउने दाबी गरे। इतिहासमै पहिलो पटक स्थायी सरकार बनेकाले जनताले पूर्ण रूपमा सरकारी सेवा महसुस गर्ने गरी हवाई उडान र पर्यटनको विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

नागरिक उड्डयन प्राधिकरणसँग छलफल भइसकेकाले कर्णालीका जनताले छिटोभन्दा छिटो हवाई सेवा पाउने राज्यमन्त्री बुढाले बताए। नेपाल एयरलाइन्सको उडान थप गर्नुका साथै अन्य निजी कम्पनीका जहाजलाई पनि भाडादरमा एकरूपता गरी सबै जहाज नेपालगन्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालन हुने उनको भनाइ छ। प्राधिकरणले निजी विमान कम्पनीसँग सिट व्यवस्थापन गरेर

प्रकाशित मिति : २०७४ चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस