दाङ । दाङमा बलात्कार गर्न खोज्ने एक जना पुरुषलाई महिलाले लात्तीले प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका(१५ कि ४० वर्षीया महिलाले आफुलाई ६४ वर्षीय रोबरबहादुर खत्रीले बलात्कार गर्न खोजेपछि प्रतिकार गरेकी थिइन् ।
खत्रीले महिलालाई बलात्कार गर्न खोजेपछि लात्तीले हानेकी थिइन् । लात्तीले खत्रीको अन्डकोषमा लागेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसरी भयो घटना
वैशाख ९ गते मध्यराति गुट्खा किन्ने बहानामा पसल पुगेका खत्रीले पानी खाने बहानामा महिलाको कोठामा छिरेर महिलालाई बलात्कार गर्ने प्रयास गरेका थिए । त्यहि क्रममा महिलाले उनक अन्डकोषमा लात्ती प्रहार गरेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बलात्कारको घटना भन्दै महिलाले भनेपनि मृतक खत्रीको परिवारले भने हत्या भएको भन्दै जाहेरी दिएको छ । मृतकका परिवारले उजुरी दिएको आधारमा प्रहरीले ति महिलालाई हिरासतमा लिएर अनुसन्धान थालेको छ । कानुन अनुसार यस्तो घटनामा यदी महिलाले आफ्नो रक्षाको लागि प्रहार गरेर मृत्यु भएको कुरा सदर भएको खण्डमा महिलाले कुनै सजाय भोग्नु पर्ने छैन ।