मुगुमा बिवादले राष्टपति रनिङ्ग शिल्ड नै स्थगित

नन्द बहादुर रोकाया

मुगुु । प्रत्येक बर्ष सञ्चालन हुदै आएको राष्टपति रनिङ्ग शिल्ड यो बर्ष भने विवादले स्थगीत भएको छ । सोमबार बाट शुरु भएको १० औ राष्ट प्रति रनिङ्ग शिल्डमा खेलाडी बिच विवाद हुदाँ खेल लाई सुचना टाँस गरी खेल स्थगित गरीएको हो । छाँयानाथ रारा नगरपालिका—१४ बाम गाँउको नाफा खेल मैदानमा संचालीत १० औ जिल्ला स्तरिय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगितामा जिल्ला भरका २२ सामुदायिक र दुई निजि माबि लाई जिल्ला खेलकुद बिकास समितिले सहभाागिताको लागी पत्रचार गरेको भएपनि दुई माबि मात्र सहभागिता भएका थिय ।

सहभागी भएका श्री माहाकाली मावि ,श्रीनगर र माहादेव मस्टा रातापानीका खेलाडी बिच १० गते पहिलो दिनको खेलमा महाँकाली माबि गमगढी र मष्टामाबि सहभागि भई पहिलो दिनमा १ सय मिटर र १५ सय मिटर छात्रा तथा छात्राको दौड सम्पन्न भई ४ सय मिटर दौडको छात्र तर्फ दौड भईरदा महाकाली माबि गमगढीका खेलाडिले मष्टामाबिका खेलाडि लाई ट्रयाक लाईन भित्र धकलेकै कारणले बिबाद शुरु भएपछि अन्य खेल संचालन गर्दा दुई बिद्यालय बिच झडप हुने सम्भावान देखे पछी गरणक पुरक बिद्यालयको सहभागिता नभएको भन्दै जिल्ला खेलकुद बिकास समितिले अर्को सुचना प्रकासित नुहञ्जेलका लागी खेल सचालन गर्न नसकिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्णा सेजुवालले जानकारी दिनुभयो ।

१४ वटा खेलमासहभागि हुनका लागी जिल्ला खेलकुद बिकास समितिले जिल्ला शिक्षा कार्यालयको समन्वयमा जिल्लाका सबै माबिलाई सहभागि हुन पत्रचार गरेको भएपनि आर्थिक अभाबका कारणले सहभागि हुन नसकेको भन्दै महकाली माबि र मष्टा माबिले मात्र सहभागि केही प्रतियोगिता सम्पन्न भएपनि दुबै बिद्यालय बिच बिबाद हुदा खेल संचालन हुन नसकेको हो ।दुई बिद्यालय बाहेक अन्य २४ बिद्यालय सहभागि नभएपछी अनिश्चितका लागी प्रतियोगिता रोकिएपनि पुन शिक्षा कार्यालय ,नगरपालिका, र गाँउपालिका संग समन्वय गरि जिल्ला खेलकुद बिकास समितिको बैठक बसि तत्कालै प्रतियोगिता संचालन गरिने खेलुकुद बिकास समितिले बताएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस