
डोल्पा ः आर्थिक आम्दानीको एक मुख्य स्रोत मानिएको यार्सा गुम्बा टिप्ने समय शुरु हुन थालेको छ । ढिलाको जेठ पहिलो साता देखि नियम संगत कर्णालीका डोल्पा, हुम्ला लगायतका पाटनमा टिप्नका लागि प्रबेश गरिन्छ । त्यस अघि सम्बन्धीत जिल्ला र बाहिर जिल्लाका मानिसलाई छुटा छुटै प्रबेश शुल्क लिईन्छ ।
सम्बन्धीत जिल्ला भन्दा बाहिरलाई दोब्बर बढि लिईन्छ । भने, प्रबेशका लागि औपचारिक रुपमा पाटल खुलेको जानकारी आएपछि पैसा दिएको रसिद देखाए मात्र प्रबेश गर्न पाईने व्यवस्था छ । तर कर्णालीको सबै भन्दा बढि यार्सा पाईने डोल्पाका पाटन नखुल्दै अवैधरुपमा यार्चागुम्वा संकलन गर्न गएका झण्डै ४९ जना निकुञ्जको गस्ती टोलीको फन्दामा परेका छन् ।
डोल्पाको जगदुल्ला गाउंपालिकाको जगदुल्ला पाटन पुगेका ४९ जनालाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त गस्ति टोलिले पक्राउ गरेको छ ।
यार्सगुम्वा संकलनका लागि कानुनी रुपमा पाटन खुला नहुदै अवैधरुपमा संकलन गर्न गएका संकलन कर्ताहरुलाइ जगदुल्ला गाउंपालिकाका पदाधिकारी, मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु र स्थानीयहरुको सहयोगमा राष्ट्रिय निकुञ्ज र सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले पाटनबाटै सोेमवार राति साढे ११ बजेतिर पक्राउ गरेको शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।
उनका अनुसार यार्सा संकलनका लागि पाटन आगामी जेठ १ गतेबाट खुल्ला रहने जनाइएका छ । शुरुमा ५१ जनालाइ पक्राउ गरिएको र २ जना भागेकाले ४९ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ११ जना महिलाहरु रहेका छन् । भने, बाँकी पुरुषहरु छन् । पक्राउ परेका ४९ जना सबै डोल्पा बाहीरका रहेको निकुञ्जले जानकारी दिएको छ । निकुञ्जको आँखा छली यार्सा टिप्ने मनसायले गएका संकलन कर्ताहरु प्रक्राउ परेका हुन ।
यस अघि बैशाख १० गते अवैध रुपमा यार्सा टिप्न कागमारा पाटन पुगेका ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिहरुको अनुसन्धान भइरहेको निकुञ्जका अनुसन्धान अधिकृत चौधरीले जनाए ।
प्रक्राउ परेका हरुलाई अनुसन्धान पश्चात कार्बाहि सहित नियममा तोक अनुसारको जरिवाना पनि तिराईने छ । पाटन नखुल्दै अबैध रुपमा पाटन प्रबेश गरी यार्सागुम्बा टिप्नेको संख्या बढेपछि नेपाली सेना तथा निकुञ्ज कार्यालय गस्ती बढाएको छ ।
निर्धारित समय अघि नआउन पटक पटक सुचना जारी गरेको भएपनि संकलनकर्ताहरुले आँखा छली टिप्ने गरेको पाईएको हो । यस विषयमा पाटन खुल्ला नहुन्जेल सम्म सरोकारवालाहरुले विशेष निगरानी राख्ने बताइएको छ । तर प्रक्राउ परेका ४९ जनाको नाम भने, सार्वजानिक गरिएको छैन् ।