बद्री पंगेनीको प्रस्तुतीले दर्शकहरु उत्साहीत

शुभाकर विश्वकर्मा

जुम्ला । जुम्ला जारी प्रादेशिक महोत्सवको नवौ दिन शनिबार चर्चित लोक गायक बद्री पंगेनीको प्रस्तुतीले दर्शकहरु निकै उत्साहीत भएका थिए । विषेश गरि पारिवारिक वेदनाका गित गाईरहने बद्रीले जुम्लामा पनि त्यस्तै गित गाएपछि दर्शकहरु उत्साहीत भएका हुन् । देशप्रेम, समसामयिक राजनिति, छोरो विदेश गएपछि आमालाई सम्झि विदेशको छोराले आमाले सम्झिने भावमाहरु गित मार्फत उनले ब्यक्त गरे ।

शुक्रबार चर्चित लोक गायीका ज्योति मगरको प्रस्तुतिमा उत्तेजित भएका दर्शकहरु आज पंगेनीको प्रस्तुति हेरेर भावुक भएका थिए । देशभरनै मेला महोत्सवमा महिला माझँ बढि भिज्ने पंगेनी जुम्लामा त्यसरी नै भिजेका थिए । उनीे देशभर दुख, बेदनाका गित गाउने गायकको रुपमा पनि परिचित छन । पंगेनीले आफ्ना चर्चित गितहरु लौन नेता ज्यु, मन थियन जोगी बन्न लाई लगायतका गितहरु सुनाएका थिए । दर्शकहरुको माग अनुसार पुन पनि दोस्रो पटक आफ्ना प्रस्तुति उनले देखाए । अहिले उनी राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रीय अध्यक्ष समेत छन् ।

मेलाको आकर्षक पक्ष बन्दै उँट नाच

जुम्लामा पहिलो पटक आयोजना गरिएको प्रादेशिक महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको मरुभुमिमा पाइने उँट नाच २ हजार २ सय १८ जनाले अवलोकन गरेका छन् । १० दिन सम्म चलेको व्यापार मेलामा साढे २ हजार जनाले अवलोकन गरेका उँट मालिक हरि प्रसाद गौतमले बताए । हालसम्म उट अवलोकन गर्नेहरुबाट १ लाख ५० हजार आम्दानी भएको छ । प्रति व्यक्ति ७० रुपैया तिरेर उँट अवलोकन गर्नपाईन्छ । ्उँट मरुभुमिमा पाईने प्रजाती हो । यसले ६ महिना सम्म पानी पिउदैन भने ६ दिन सम्म दाना खादैन् । यसलाई व्यापारिक दिष्टिकोणले २ वर्षअघि पहिलो पटक नेपालमा ल्याईएको हो ।

प्रकाशित मिति : २०७५ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस