जुम्ला ः जुम्लाको सिजा क्षेत्रमा पर्ने हिमा, सिजा र कनकासुन्दरी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई मानवअधिकारमैत्री हुन राष्ट्रिय मानव अधिकार आयोग, उपक्षेत्रीय कार्यालय जुम्लाले सुझाब दिएको छ । उक्त क्षेत्रमा पर्ने तिनवटा गाउँपालिकामा मानवअधिकारको अवस्थाका विषयमा अनुगमनका क्रममा यस्तो सुझाब दिएको उपक्षेत्रिय कार्यालय, जुम्लाका प्रमुख रमेशकुमार थापाले बताए । उनले भने सिंजा गाउँपालिका जनप्रतिनिधिहरुका लागि आधारभूत मानव अधिकार, शुसासन र नेपाल सरकारको मानव अधिकार राष्ट्रिय कार्ययोजनाका सम्बन्धमा पनि अन्तरक्रिया भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सिंजा गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षहरु र सदस्यहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा मानव अधिकारको आधारभूत मुल्य मान्यता, शुसासन र जवाफदेहिता, शुसासन कायम गर्न जनप्रतिनिधिहरुको भूमिकाज, जननिधिहरुको काम कर्तव्य दायित्व बारेमा छलफल गरिनुका साथै जनप्रतिनिधिहरुले कार्यसम्पादन गर्दा भोग्नु परेका समस्या र चुनौतिका बारेमा छलफल भएको थियो ।
आयोगले गरेको अनुगमनमा शिक्षा स्वास्थ्य, कृषि सेवा केन्द्रहरुबाट सेवाग्राहीले भोग्नु परेका समस्याका विषयमा जनप्रतिनिधिहरुको ध्यानाकर्षण गर्दै समस्या समधान विषयबस्तु माथि छलफल गर्न राष्ट्यि मानवअधिकार आयोगले सुझाब दिएको छ । सिजा क्षेत्रका स्वास्थ्य चौकीहरुमा औषधि र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा कमी देखिएको प्रमुख थापाले बताए । उनले भने यिनै समस्याहरुलाई तत्काल समधानका उपाय खोज्ने जनप्रतिनिधिहरुको प्रतिक्रिया रहेको छ । सिजा गाउँपालिकाको इलाका स्वास्थ्य चौकी नराकोटमा निशुल्क पाइने ३५ प्रकारको औषधि नभएकाले सेवाग्राही प्रभावित भएका छन् भने कनकासुन्दरी गाउँपालिकाको इलाका स्वास्थ्य चौकी हाडसिजामा दरवन्दी अनुसार स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्थामा उपस्थिति नभएको अनुगमनका क्रममा भेटिएको प्रमुख थापाको भनाई रहेको छ । स्वास्थ्यकर्मीहरु लामो सयमसम्म विदा र तालिम गोष्ठी भन्दै जिल्ला बाहिर रहेकाले यसले सेवा प्रवाहमा समस्या भईरहेको उनले बताए ।