कर्णाली राजमार्गसँग पातारासी गाउँपालिका जोडिदै

पक्कीपुल निर्माण कार्य तिब्र गतीमा
जुम्ला ः जुम्लाको पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिकालाई जोड्ने पक्कीपुल निर्माणको काम तिव्र गतिमा भईरहेको छ । गाउँपालिकालाई सिधै कर्णाली राजमार्गसँग जोड्नका लागि उर्थुचौतारा पक्की पुलको निमार्ण कार्यलाई तिव्रता दिएको हो । गाउँपालिका भित्रका सबै वडाहरु सडक संजाल जोडिए पनि उर्थुको पक्की पुल वर्षौ देखि नबन्दा विगत देखि हालसम्म घण्टाँै पदैल हिड्ने, पिठ्युमा भारी बोक्नु पर्ने बाध्यता अब टर्ने भएको गाउँपालिकाका प्रमुख लछिमन बोहोराले बताए ।


स्थानीय सरकार आएपछि निमार्णका लागि ताकेता दिएपछि निमार्ण कार्य तीब्र गतिमा बढिरहेको गाउँपालिका प्रमुख बोहोराको भनाई रहेको छ । उनका अनुसार, पक्की पुल समयमै निमार्ण नहुँदा गाउँपालिकाले भारत सरकारबाट उपहार स्वरुप पाएको एम्बुलेन्सले पनि सबै वडामा सेवा दिन सकेको छैन् । पुल नभएकै कारण एम्बुलेन्सले पातारासी गाउँपालिाकाको पुर्वी क्षेत्र डिल्लीचौर, तल्फी, ल्होर्प, छुमचौर लगायतका गाउँबस्तीबाट सिधै विरामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउन सकिरहेको छैन ।

कर्णाली राजमार्गसँग जोड्ने पक्कीपुल नभएका कारण उत्पादित कृषि उपज सहजै बजारमा पुर्याउन नसकिएको कृषक दलबहादुर विष्टले बताए । उनले भने यहाँको कृषि उपज एक दिन भरी पैदल हिडेर पिठ्युमा भारी बोकेर बजार पुर्याउने गरिएको छ । क्नु पर्ने स्थिती छ ।
९० प्रतिशत काम सम्पन्न
पहिले सुस्ताएको पातारासी उर्थुको पक्की पुलको निमार्ण कार्य पछिल्लो छोटो समयमा ९० प्रतिशत काम सम्पन्न भएको छ । स्थानीय तहको निरन्तर दबाब तथा निगरानीले पुलको निमार्ण कार्य छिटो भएको स्थानीयको बुझाई रहेको छ । स्थानीय तहकोे ताकेता कारण मंसिर देखि यता भएको रफ्तार कामले हाल झण्डै ९० प्रतिशत निमार्ण कार्य सम्पन्न भएको हो । पहिले केहि प्राविधिक समस्या भएर समयैमा निमार्ण सकिएन ।

आयोजनाका निर्माण व्यवसायी राजुसिंह कठायतले सहयोग समन्वयका लागि स्थानीय तह आएको छ । बढिमा आधा महिनामै निमार्ण कार्य सम्पन्न भईसक्ने उनको भनाई छ । अहिले निकै तीब्रताका साथ काम भईरहेको छ । स्ल्याब निमार्ण, सरिया, फिटिङ, लगायत सबै काम सकिएको छ । निर्माण व्यवसायी कठायतले थपे, अब ल्यान्टर पनि हालि सकिएको छ । तिन करोड लागतमा झण्डै २७ महिनाको लागि मात्रै निमार्ण सम्झौता भएको थियो । तर सम्झौता मिति गुज्रिएको धेरै भनि जेठ मसान्तमा गाडी गुड्ने भएको छ ।

चक्रपथमा जोडिदै पातारासी गाउँपालिका
पातारासी गाउँपलिकाका सबै वडामा लगभग सडक पुगिसकेको छ । स्थानीय तहले पहिलो प्रथामिकता नै सडक विस्तारमा दिएकोले प्राय ः वडाहरुमा सडक पुगेका छन्् । सडक पुगेर पनि सुलभ सेवा अझै नपाउनु पक्की पुल समयमै निमार्ण नहुनुको उपज हो ।

तर अब उर्थुचौताराको पक्की पुल निमार्ण सम्पन्न भई संचालनमा आएको खण्डमा पातारासी गाउँपालिका पनि चक्रपथमा जोडिदै छ । स्थानीय सरकारले प्रत्येक बस्तीमा सडक पुर्याएको छ । जुम्ला सदरमुकामबाट जाने, राजीकोट, बाङखोला, घोडेसिन, पेरे, लोर्पा, डिल्लीचौर, लासी, छुमचौर लगायतका बस्तीहरुमा स्थानीय तहले सडक निर्माण गरिसकेको छ ।
स्थानीय कृषि उत्पादनले बजार लैजान सहज
उर्थुमा निमार्ण हुदै गरेको पक्कीपुल सम्पन्न भई संचालनमा आए पातारासी क्षेत्रमा उत्पादन हुने स्याउ, सिमि तथा आलुले बजार पाउने त्यहाँका किसानहरुले अपेक्षा गरेका छन् । गाउँमा सडक भएपनि पुल नहुँदा खोला तरेर भारी लिन नसकिने किसान बताउन्छन् । पुल बनेको भया हामीलाई सहज हुने थियो आलु कृषक विमला बुढाले बताईन् ।
घरमा वर्षेनी १० क्वईन्ट भन्दा बढि आलु उत्पादन हुन्छ तर बजार लिने माध्यम छैन । बोकेर सम्भव हुदैन । केहि खाने, केहि कुहिएर जान्थ्यो । अब पुल बन्यो भने, गाउँमै उत्पादन गरिएको तरकारी खेती कृषि उपजहरु सजिलै बजारमा लिएर विक्री गर्न सकिने अर्का स्थानीय कृषक धनबहादुर बुढाले बताए ।
चाडै नै पुल निमार्ण सकिने खबर हुन्दा निकै खुशी लागेको उन बताए । धनबहादुर बुढा जस्तै पातारासी गाउँपालिकाका आम नागरिकलाई पुल अब चाडै सम्पन्न भई संचालनमा आउने खबर सुनेपछि खुशी भएका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस