जुम्ला ः स्थानीय सरकार आएपछि पाँच ‘स’ मा दिएको प्रथामिकता अनुसार सडक निमार्णलाई पहिलो प्रथामिकता दिएको छ । शिक्षा, स्वास्थ्य, संचार, सिचाई भन्दा सडक निमार्णलाई जुम्लाका स्थानीय सरकारले पहिलो प्रथामिकतामा राखेर निमार्ण कार्य सुरु गरेपनि जनजाती बस्तीमा न संचार न सडक पुग्यो ।
समृद्धिको पहिलो ढोका नै सडक संजाल भएको हुँदा स्थानीय सरकारले विशेष प्रथामिकतामा सडक परेपनि गाउँगाउँमा ग्रामीण सडकहरु पनि निमार्ण भईरहेका छन् । एक गाउँ एक सडक पुराउने योजना अनुसार निमार्ण कार्यलाई तिव्रता दिएको छ । भने, कति गाउँ ठाउँमा स्थानीय सरकारले सडक पुराएपछि स्थानीयबासी खुसी भएका छन् । गाउँमै मोटर आउने, अनि स्थानीय उत्पादन बजारसम्म जाने भन्दै स्थानीय खुशी भएका छन् । ग्रामीण क्षेत्रका दुरदराज बस्तीका आगनमै स्थानीय सरकारले सडक पुराएपछि कतै खुसियाली छाएको छ । कतै आफ्नो गाउँमा स्थानीय सरकारले सडक नपुगेको भन्दै गुनासो गरेका छन् । जुम्लाको पातारासी गाउँपालिका २ नम्बर वडा खालाढिग र छुम गाउँमा अहिलेसम्म सडक पुगेको छैन् । स्थानीय सरकारले यहाँका हरेक गाउँ बस्तीमा सडक पुराएको छ । एक गाउँ एक सडकको योजना पनि अघि सारिएको थियो । तर दुई बस्तीलाई बेवस्ता गरेको स्थानीयको गुनासो छ ।
लामा बस्तीमा सडक आएन
पातारासी गाउँपालिका २ नम्बर वडा खालाढिक गाउँमा सबै जनजातीहरुको मात्रै बसोबास छ । झण्डै ७० बढि घरधुरी रहेको खालाढिक गाउँमा सडक पुराउन स्थानीय तहनै गम्भीर नदेखिएको स्थानीय सोनम छिरिङ लामाले बताए । उनले भने, छेउछाउकै गाउँमा सडक खन्दा हाम्रो गाउँमा पनि कहिले आउन्छ सडक भनी पर्खी रह्यौ तर अन्ततः खालाढिक गाउँमा सडकनै निमार्ण नहुने देखियो । जनप्रतिनिधिसंग हाम्रो कुनै पहुँच पनि भएन अर्का स्थानीय उर्गेन छिरिङ लामाले भने, जनजाती भनेरै बेवास्था गरिएको हो । वरिपरिका गाउँमा सडक आए तर जनजातीकै गाउँमा सडक निमार्ण हुन नसक्नु विडम्बनाको कुरो भएको उनले उल्लेख गरे । भोट माग्दा गाउँमा सडक पुराउन्छौँ भनेका जनप्रतिनिधिले जनजातीलाई अहिले नचिने जस्तै गरेको पनि गुनासो गरेका छन् । गाउँपालिकामा बुझ्दा योजना बाँडफाटमै खालाढिक गाउँलाई बिर्सीएको भन्ने कुरो गर्दा अतिनै अचम्म लाग्यो । छेउकै गाउँमा विकास र लामा बस्तीमा देखिएको समस्या कसरी विर्सीयो होला उनले थपे, स्थानीय सरकारले नै आफुहरुलाई बेवस्ता गरेको दुखेसो गरेका हुन् । योजना बाँडफाडमा पनि राजनीति हावी भएकै कारण खालाढिक गाउँका लामा जातीहरुले सडक देख्न नपाएको उनिहरुको बुझाई छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा नाराले भने जस्तै स्थानीय सरकारले अझै महसुश गराउन नसकेको निरमाङ लामाको भनाई रहेको छ । विकासमै विभेदकारी भएको जस्तो अनुभव उनको छ ।
योजना बाडफाडमा छुट्यो
पातारासी गाउँपालिकाले यहाँका ७ वटै वडाका गाउँबस्तीमा ग्रामीण सडक पुराएको छ । विकास र समद्धिृका लागि सडक निर्माणलाई पहिलो प्रथामिकता राख्दै स्थानीय सरकारले योजना बाँडफाड गरेको थियो । पातारासी गाउँपालिकाका प्रमुख लछिमन बोहोराले गाउँपरिषद् तथा योजना तर्जुमाकै बेला खालाढिक र छुमगाउँ छुटे छ । लामा बस्तीबाट योजानको पनि माग भएन प्रमुख बोहोराले भने योजना बाडफाँड, देखि बजेट निकासा भई अधिंकाश योजना निमार्ण सम्पन्न भएर बजेट भुक्तानी भईसकेको अबस्थामा खालाढिक र छुम गाउँका लागि आर्थिक वर्षको अन्तिम तिर केही गर्न नसकिने स्पष्ट पारे ।
गाउँपालिकाका प्रमुख बोहोराले आउदो आर्थिक वर्षको पहिलो प्रथामिकता लामा बस्तीमा सडक पुराउने रहेको बताए । पहिलो पटक भएकाले पनि केही कमजोेरी भएको भन्दै आगामी दिनमा पक्कै यस्तो गुनासा सुन्न नपर्ने उल्लेख गरे । गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामबहादुर बुढाका अनुसार आर्थिक वर्ष ०७४।०७५ मा सडक निमार्णका लागि झण्डै ५ करोड बढि बजेट खर्च भएको छ ।