सागर परियार
जुम्लाका गाउँ गाउँमा बैंक
स्थानिय सरकार आएपछि केन्द्रका सबै काम गाउँ घरबाटै संचालन हुन थालेका छन् । केन्दिकृत विकास पद्धतीलाई विकेन्द्रीकृत गरी संघिय संरचना अनुसार गाउँ गाउँमा विभिन्न विकासका लहर संगै गाउँ गाउँमा बंैकका शाखाहरु विस्तार हुने क्रम बढ्दो छ ।
एक नगरपालिका र सात वटा गाउँपालिका रहेको जुम्लामा प्राय ग्रमिण बस्तीमा बंैक.हरु पुगिकेका छन् । सात सदरमुकाम केन्द्रित रहेको चन्दननथा नगरपालिका सहित सात गाउँपालिका मध्य चार तहमा बंैकका शाखा स्थापना भई संचालनरत अबस्थामा रहेका छन् ।
गाउँमै बैंकका शाखा आएर सेवा दिदन थालेपछि संघियता कार्यान्वयनकाो महसुश विस्तारै हुन थालेको स्थानियहरले बताएका छन् । सामाजिक सुरक्षा भत्ता देखि विभिन्न योजनाका बजेट भुक्तानी पनि अहिले गाउँकै बैंकबाट हुने गरेका छन् ।
जनताको बैंकको ११७ औ शाखा
जुम्लामा बैंक आउने प्रतिष्प्रधाका बीच जनता बैंक लिमिटेडले पनि तातोपानी गाउँपालिमा आफ्नो सेवा विस्तार गरेको छ । १ सय १७ औ शाखाका रुपमा स्थापना भई जे ठ ११ गतेबाट औपचारिक रुपमा सेवा शुरु गरेको तातोापानी गाउँपालिलका अध्यक्ष नवराज न्यौपानेले बताए ।
उनका अनुसार सिह दरबारको अधिकार गाउँमा आईसकेपछि बैंक अनिवार्य ल्याउनु पर्ने सरकारको नीति अनुसार तातोपानी गाँउँपालिकामा पनि जनता बैकको शाखा स्थापना भएको उल्लेख गरे । आर्थिक पारदर्शीता तथा सहजताका लागि पनि अब सबै वित्तिय कामहरु गाउँपालिका बाटै हुन उनको भनाई छ । तातोपानीमा रहेका १ देखि ८ वडा सम्मका सबैलाई बैंकिङ पहुँचमा गाउँपालिकाले लक्ष्य लिएको अध्यक्ष न्यौपाने बताए ।
यो गाउँपालिका सगै जुम्लाका चार स्थानिय तहमा बैक स्थापना भई संचालनमा आईसकेका छन् । भने, बँकी, तिला, हिमा, पातारासी र कनकासुन्दरी गाउँपालिकामा बंकै अबको केहि दिनमा आउने भएका छन् । तर गाउँमा बंैक आएता पनि कोलेनिका सदरमुकाममै भएकोले सदरमुकाम धाउनु पर्ने बाध्यता नहटेको ठीचौर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशबराज शर्माले भने ।
के कति बजेट आयो खर्च कति भयो भन्ने विषयमा दैनिक जानकारी लिए एक र्कचारी सदरकुकामनै धाउनु पर्ने अबस्था हटेको छैन् । उनले यस लाई पनि व्यवस्थापन गर्नका लागि स्थानिय ततहले सोच्नु पर्ने उल्लेख गरे । जुम्लामा बढ्दै गएको बैंकिङ सेवाले यहाँका नागरिकहरुमा उत्साह छाएको छ । भने, साविक कर्णाली अंचलका पाँचै जिल्ला मध्य जुम्लामा धेरै बंैंकहरु स्थापना भएका छन् ।