जुम्ला । पश्चिम नेपालकै पहिलो रेडपाण्डा अनुगमन ब्लक जुम्लामा निर्धारण गरीएको छ । पातारासी गाँउपालिका ७ पट्मारा स्थीत महारुद्र सामुदायिक बनमा रेडपाण्डा अनुगमन ब्लक निर्धारण गरीएको हो । सामुदायिक बनको करीब ६ किलो मिटर बन क्षेत्रलाई आधारमानि ४ वटा ब्लक सहित २१ वटा रेडपाण्डा ट्रान्जेक्ट प्वाईन्टको रुपमा पश्चिम नेपालकै पहिलो रेडपाण्डा अनुगमन ब्लक निर्धारण गरीएको छ ।
विश्वमै दुर्लभ बन्दै गएको रेडपाण्डाको अवस्थाबारे उक्त सामुदायिक बनमा अध्ययन, अनुसन्धानपछि त्यहाँ रेडपाण्डा रहेको अनुमानका आधारमा त्यस बनक्षेत्रलाई रेडपाण्डा अनुगमन ब्लक तोकिएको हो । रेडपाण्डाको पुरानो दिसा र गुणका आधारमा त्यहाँ पहिले धेरै संख्यामा रेडपाण्डा रहेको अनुमान गरीएपनि अहिले भने, लोपउन्मुख अवस्थामा छ ।
ब्लक निर्धाणपछि उक्त सामुदायिक बनमा रहेका रेडपाण्डाको संरक्षण अभियानमा स्थानिय तथा सरोकारवालाको ध्यानाकर्षण हुने भएको छ । भने हरेक तिन, तिन महिनामा रेडपाण्डाको अवस्था र संख्याको बिषयमा अध्धययन अनुसन्धान गरीने रेडपाण्डा संरक्षण जुम्ला जिल्ला परीयोजना प्रमुख पुरुषोत्तम जैशीले बताए । उनका अनुसार रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग तथा कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाको समन्वयमा बनमा गई करीब एक हप्ता लगाएर ब्लक निर्धारण गरीएको छ । पश्चिम नेपाल रेडपाण्डा संरक्षण संयोजक सरोज श्रेष्ठको नेतृत्वमा ७ जनाको टोली एकहप्तादेखि ब्लक निर्धारणमा खटिएको थियो ।
अतिचरीचरण क्षेत्र विस्तार, जंगलमा भेडा गोठालाहरुले जथाभावि कुकुर छाडा छोड्नु, आहारको विनास हुँदै जानु, बनमा आगलागि गर्नु, पानिको स्रोत घट्नु लगाएतका कारण बासस्थान र आहारा सकिँदै जाँदा रेडपाण्डापनि लोप हुँदै गएको अनुसन्धानले बताएको छ । बनजंगल संरक्षण गर्नुका साथै गैरकाष्ठ बन पैदावर जथाभावि चोरी सिकारी न्युनिकरण गर्नसके रेडपाण्डाको संरक्षण तथा संख्या बृद्धिमा जोड पुग्ने पश्चिम नेपाल रेडपाण्डा संरक्षण संयोजक सरोज श्रेष्ठले बताए ।
सामुदायिक बनको संरक्षण गरी रेडपाण्डाको संख्या बढाउन सकेमा पर्यापर्यटनको संभावना र स्वदेशि तथा विदेशिले महारुद्र सामुदायिक बनमा रेडपाण्डाको अध्ययन, अनुसन्धान, अनुगमन गर्ने कार्य बढ्दै जाने देखिन्छ । भने त्यसले बातावरण सन्तुलन कायम गरी मानव स्वास्थ्यमा समेत फाईदा पुग्ने यस क्षेत्रका विज्ञहरुको भनाई छ ।
नन्दराम जैशीले तयार पार्नु भएको रिपोर्ट ।