डिबी बुढा
जुम्ला । सरकारी वकिल कार्यालयको भवन भुकम्प प्रतिरोधी वनेको छ । भवन निर्माण आचारसंहिता अनुसार पिलर सिस्टमवाट भवन निर्माण गरिएको सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता मोहोन सागर वस्यालले जानकारी दिए । उनका अनुसार भवन वने संगै दैनिक हुने क्रियाकलाप व्यवस्थित वन्दै गएका छन । महान्यायधिवक्ता अग्नि प्रसाद खरेलले नवनिर्मित भवनको उद्घाटन गरेका हुन । यहाँको विकास नहुनुमा भौगोलिक विकट्ता साछी छ, उनले भने, जसका कारण विकास निर्माणमा हेर्ने दृष्टिकोण र समान वितरणमा गहिरो खाडल छ ।
नियमित हवाईजहाज उडानका कारण काठमाण्डौ कर्णालीको दुरी त घटेको छ, उनले भने, विकास र समृद्धिको कर्णालीवासीको चाहना पुरा हुन सकेको छैन । जति विकास हुनु पर्ने हो, त्यति विकास हुन सकेन । उनले सरकारी वकिल कार्यालयको भुकम्प प्रतिरोधी भवनले अव कर्णालीमा पिलर सिस्टमको भवन निर्माण भईरहेको सन्देश दिन सक्ने वताए । सुन्दर, सफा र प्रविधियुक्त भवनले न्याय सम्पादनमा समेत सहजता ल्याउने उनले अपेक्षा गरे । नयाँ भवन वन्ने तर न्यायको भवन भत्कदै जान सक्ने खतारालाई दृष्टिगत गर्दै सेवा प्रवाहमा चनाखो वन्न निर्देशन दिए ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले छिटो छरितो र प्रभावकारी सेवा प्रवाहका लागि सुविधा सम्पन्न प्रविधियुक्त भवनको जरुरी भईरहेको औल्याए । उनले भने, नयाँ भौतिक संरचनाले नेपाल सरकारवाट र स्थानीय तहवाट प्रदान हुने सेवालाई प्रभावकारी वनाउनमा मद्धत पुग्ने छ । यो कर्णालीकै नमुना र वलियो भवन निर्माण भएको हो । संरचना निर्माणले कर्मचारीको मनोवल वढ्छ, सेवा प्रवाहमा सहजता ल्याउछ । उच्च सरकारी वकिल कार्यालयको भवन जिल्लामै पहिलो र विशेष प्रकारको भएकोमा जोड दिए । यो कार्यालय कर्णालीकै नमुना कार्य सम्पादन गर्ने कार्यालयका रुपमा स्थापित होस, उनले भने, शान्ति सुरक्षा, कानुनी राज्य र शुसासनको माध्यमवाट समृद्धि ल्याउन प्रेरणा मिलोस यहि शुभकामना ।
सरकारी वकिल कार्यालयको भवन कर्णालीमै पिलर सिस्टमको अवधारणामा आधारीत रहेर वनेको भवन डिभिजन कार्यालयका प्रमुख जगदिश लामेछानेले जानकारी दिए । उनका अनुसार भवनको १९ वटा कोठा र १० वटा शौचालय छन । दैनिक सेवा प्रवाहमा सहजताको लागि तल्लो तलामा प्रशासकिय र मुद्धा फाँट वसेको छ । क्रमश माथिल्लो तलाहरुमा कार्यालय प्रमुख, लेखा शाखा रहेको छ । एक करोड ९८ लाख ५८ हजार ३ सय ३१ रुपैयाको लागतमा भवन निर्माण गरिएको हो । सरकारी भवन निर्माणको काम निर्माण व्यवसायीका कारण अलपत्र परेको वेला यो भवन समयमै हस्तान्तरण भएको हो । उद्घाटन कार्यक्रममा नेपाल वारएसोसियसनका जुम्ला अध्यक्ष देविवहादुर सेजुवाल र केन्द्रिय सदस्य पदम वहादुर शाहीले प्रवधियुक्त भवन निर्माण भएर मात्र नपुग्ने भन्दै न्याय सम्पादनमा छिटो छरितो हुनु पर्नेमा जोड दिएका थिए ।