गोल्डेन बुढा
जुम्ला ः सरकारले महिलाको नाममा घरेलु तथा साना उद्योग दर्ता गराएपछि ३५ प्रतिशत राजश्व छुट दिएपछि जुम्लामा महिला उद्यमीहरु बृद्धि भएका छन् । अहिले घरेलु तथा साना उद्योग विकास समिति जुम्लामा एक हजार ९ सय ३३ व्यवसाय उद्योग, एक हजार ३ सय ४० ठुला तथा साना उद्योग र १ सय ६० लघु उद्यम उद्योग गरी जम्मा ३ हजार ४ सय ३३ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय जुम्लाका उद्योग अधिकृत हरिभगत श्रेष्ठले बताए । एक सय ६० उद्योग गाउँपालिका अन्र्तगतका उद्योगीहरुको घरदैलो पुगेर निशुल्क रुपमा उद्योग दर्ता गरिएको उद्योग अधिकृत श्रेष्ठले बताए ।
दुई वटा ठुला उद्योग मध्ये पातारसी गाउँपालिमा यार्सा मिलिरल वाटर र चन्दननाथ नगरपालिमा एपी ब्राण्ड आर के डिष्टिलरी उद्योग दर्ता भएका छन् । भने स्याउ, जटिबुटी र फर्निचर साना उद्योगमा दर्ता भएको अधिकृत श्रेष्ठको भनाई रहेको छ । उद्योग दर्ता गराँउदा घरेलु तथा साना उद्योग विकासबाट प्रदान गरिने सेवा सुविधा सजिलै रुपमा उपलव्ध गराएको छ ।
नेपाल सरकारले यो वर्षबाट लागु गरेको लघु उद्यम उद्योग ७७ वटा जिल्ला मध्ये पहिलोमा जुम्ला र दोस्रो रसुवा परेकोले घरेलु तथा साना उद्योग विकास समिति जुम्लामा अगाडी देखिएको घरेलु तथा साना उद्योग विकास समिति जुम्लाले जनाएको छ ।
उद्योग जुम्लाको कनकासुन्दरी, सिंजा, हिमा र तिला गाउपालिकाका उद्योगीहरुले बजारमा आएर उद्योग दर्ता गर्न आउदा यतायताको असुविधाले आवत जावतमा हुने समस्याको मध्ये नजर गरी उद्योग दर्ताका आवश्यक सम्पुर्ण कागजात बोकेर उद्योगीहरुको घरदैलो पुगेर निशुल्क रुपमा सेवा दिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय जुम्लाले जनाएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति जुम्लाका उद्योग अधिकृत हरिभगत श्रेष्ठका अनुसार केहि दिन भित्रमा बजारको पहुँच भन्दा टाढा रहेका पातारासी, गुठीचौर र तातोपानी गाउँपालिमा पुगेर लघुउद्यम उद्योग दर्ता गराउन चाहने उद्योगीहरुलाई लघुउद्यम उद्योग दर्ता गराउने प्रमूख लक्ष्य राखिएको छ ।