आगजनीबाट क्षेतिग्रस्त सरकारी भवन पुर्ननिर्माण

गोल्डेन बुढा
जुम्ला ः संघीय आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गरी जलाएका सहरकारी कार्यालय पुर्ननिर्माण गरिदै छन् । संघीय संरचनामा कर्णालीलाई डोटी पुर्याएपछि जुम्लामा आन्दोलन गर्ने क्रममा वागवानी अनुसन्धान केन्द्र राजीकोट, वन कार्यालय लगायत दर्जन बढी सरकारी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरिएको थियो । उक्त आन्दोलनका क्रममा तातोपानी गाउँपालिका ८ का हरिबहादुर कुवँरको प्रहरीको गोली प्रहारबाट ज्यान गएको थियो ।


उक्त आन्दोलनका क्रममा आगलानी गरी क्ष्ोति भएका भवनको पुन निर्माण गरिएको छ । आगलानी भएको लामो समय पछि भवनको पुर्न निर्माण गर्न थालिएको हो । वागवानी अनुसन्धान केन्द्र राजीकोट जुम्लाको निमार्णधिन अवस्थामा रहेको भवनको ६० प्रतिशत काम सम्पन्न भएको छ । वैशाख महिनाको अन्तिम साताबाट सूरु गरिएको निमार्णधिन भवनको काम ६० प्रतिशत सम्पन्न भएको वागवानी अनुसन्धान केन्द्र राजीकोट जुम्लाका प्रमूख युवराज भुसालले बताए । बाँकी ४० प्रतिशत काम यहि असार मसन्त सम्ममा सम्पुर्ण काम सम्पन्न भइसक्ने प्रमूख युवराज भुसालले बताए ।
अनुसन्धान केन्द्रको माग अनुसार सरकारले बजेट विनियोजन गरे आव ०७५÷७६ मा भवनको सम्पुर्ण काम पुर्ण रुपमा सकिने बताइएको छ । ७० लाख बजेट मा निर्माण व्यवसायीले ३२ प्रतिशत घटेर ४२ लाखमा भवन निर्माण भईरहेको छ । त्यसैगरी पुर्णरुपमा क्षेतिग्रस्त जिल्ला वन कार्यालय जु्म्लाको भवन निर्माण सम्पन्न भईसकेको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस