
नन्द बहादुर रोकाया
मुगु । सदरमुकाम गमगढी देखि सोरु गाउँपालीको ग्रिलाह सम्मको सडक परिक्षण गरिएको छ । पुर्न निमार्ण तथा अनुसन्धान बिकास केन्द्र (आर आर डि सी) मुगुको को साझेदारी संस्था गा्रमिण पहुँच कार्यक्रम (rap 3) ले निमार्ण गरेको गमगढी ग्रिलाह सडकको चार पाङ्गग्रे गाडी द्धारा परिक्षण गरिएको हो । चार बर्ष देखि गमगढी ग्रिलाह सम्मको सडक निर्माणको काम गदै आएको सडकको १७ किमि कच्चे सम्मकोे सडक निमाण पुरा भएपछी सरोकारवाला निकायले चारपाङ्गग्रे गाडि गुडाउदै सडक परिक्षण गरेका थिय ।
शुक्रबार जिल्ल्का सरोकारवाल निकाय ,जनप्रतिनिधि प्रत्रकार लगायतले सडकको स्तर उन्नती को अबस्थाका बारे जान्न बुझन चार पाङ्गगे्र गुडाउदै सडको परिक्षण गरेका र सडक परिक्षण गर्न कच्चे पुगेका सरोकारवाला निकाय खुसी हुदै यो सडक मुगुकै नमुना सडक भएकोे बताएका छन । मेशिन नलगार्ई मान्छे बाट यस्तो उदारणिय सडक निमार्ण गरेको भन्दै सडक परिक्षणमा सहभागी सरोकारवालाले गा्रमिण पहुँच कार्यक्रम याप थ्रि लाई धन्यवाद समेत दिए ।
विगत चार बर्ष अघि पैदल यात्रा गदै समुदायमा आउदाको क्षण र आज ४ बर्ष पछी चारपाङ्गग्रे गाडी कच्चे गाउँ पुग्दा स्थानीयको अनुहारमा परिर्वतन आएको साझेदार संस्था पुर्न निमार्ण अनुसन्धान बिकास केन्द्र मुगुका संस्थापक अध्यक्ष तिलक बहादुर मल्लले बताए । उहाँका अनुसार आज समुदायमा हरियाले छाएको खुसीयाली छाएको हरेक घरमा आर्थिक स्रोत प्राप्त गरेका छन बचत गरेका छन घर खर्च चलाएका छन घरमा गाडी गुडाउन सफल भएका छन यो नै समुदायको हित भएको उहाँको भनाई छ ।
सौरु गाउँपालीकामा पहिलो पटक सडक सञ्जालले छोएको छ यो नै सौरु का समुदायको सोभाग्य भएको सौरु गाउँपालीका उपाअध्यक्ष राज्य लक्ष्मी मल्ल बंमले बताईन । स्थानीय सरकार गाउँमा आएको छ अब सौरु गाउँपालीका सबै वडामा सडक सञ्जाल जोड्ने प्रतिवद्धाता गर्नुभयो । आफ्नो ठाउँ गाउँ आफै बनाउने हो भन्दै प्रमुख जिल्ला अधकिारी उमाकान्त अधिकारीले सडक निमार्णमा संलंग्न सबै लाई धन्यवाद दिदै सोरुगाउँपालीका सडक पुगेकाले अब खेत बारी बाझो नखाराख्न आग्रह गर्नुभयो । खेतबारीमा तरकारी उत्पादन गरी जिल्ला भित्र तथा बाहिर निर्यात गर्न सौरुबासी लाई सुझाव समेत दिए ।
छायाँ नाथ रारा नगरपालीकाका मेयर हरि जङ्ग शाहिले अब सौरु गाउँपालीका स्थानीयले खाद्यान्न संकट बेर्होनु नपर्ने आशा व्यक्त गर्दै सौरु गाउँपालीकामा उत्पादित स्याउ, मास सिमी र आलुले बजार पाउने भएकाले उत्पादन बढाउन उनले आग्रह गरेका छन । जिल्ला समन्वय समितिका प्रमुख पुर्ण बहादुर रोकाले सौरु गाउँपालीमा बिकासको ढोका खुल्यको बताउदै । अब सोरु का स्थानीयले परम्परगात पेशा भन्दा आधुनिक पेशामा लागी जिवननिर्वाह गर्नु पर्ने बताए । सडकमा ८ वडा गाडी लस्कर गुड्दा मन नै हर्षित भएको सौरु गाउँपालीका मानसिङ शाहिले बताउनुभयो ।
यो सडकको खन्नु भन्दा अगाडि हाम्रो पालमा गाडी आउदैनकि भन्ने लाग्थ्यो तर आफनै आँखाले गाडी गाउँमा पुगेको देख्न पाउदा खुसी भएको छु आफुले जिन्दगी दुखै दुखमा काटेको गुनासो गदै आफुले दुख पाए पनी छोरा छारीको त्यस्तो दुख नपाउनेमा आफु लाई ढुक भएको उहाँको भनाई छ । निमार्ण जिम्मा लिईएको गा्रमिण पहुँच कार्यक्रम याप थ्रि ले सडकको पुरा काम गरी सडक लाई छायाँनाथ रारा नगरपालीका र सौरु गाउँपालीकाका लाई हस्तान्तण गर्ने भएको छ ।
सडक निमार्णमा सहज बताबारण बनाई सहयोग गर्ने जिल्लका सरोकारवाला निकाय सडक निमार्ण उपभोता समितिलाई धन्यवाद दिदै गा्रमिण पहुँच कार्यक्रम (¥याप थ्रि) का कार्यक्रम संयोजक बिस्नु राम बिष्टले सडककोे निमार्णकोे लागी हालसम्म ३७ करोड ९६ लाख ३९ हजार रुपैया १७ किलोमिटरसम्म खर्च भएको र बाँकी गिलाहासम्म निमाण गर्नको लागी १० करोड खर्च हुन सक्ने अनुमान रहेको बताए । सडक निमार्ण डिसेम्बर भित्र सकिसक्ने र त्यस पछी सडकको बिविध रुपमा उद्धघाट गरीने संयोजक बिष्टको भनाई छ । सौरु गाउँपालीकामा गाडी पुगेपछि सुत्केरी, बृद्व, असहाय, बाल बच्चाको आवातजावत र सामान ढुवानिमा सजिलो हुने भएको छ ।