जुम्ला–रारा अल्ट्रा म्याराथुनमा लेखक देखि अन्तर्राष्ट्रिय धावक(फोटो फिचर)

जुम्ला ः कर्णालीमा पहिलो पटक पर्यटन प्रबद्र्धनका लागि जुम्ला रारा अल्ट्रा म्याराथुन बुधबार विहान ७ बाट शुरु भएको छ । कर्णाली पर्यटन बर्ष घोषणा गरेसंगै, जुम्लाका विभिन्न पर्यटकिय क्षेत्र चन्दननाथ मन्दिर, तातोपानी धारा आदि स्थानमा आउने पर्यटकको बृद्धि हुँदै गएको छ । यसैगरी, पर्यटन वर्षलाई टेवा पुग्ने गरी कर्णाली स्पोर्टस क्लब जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथुन प्रतियोगिता शुरु गरिएको हो ।
जुम्ला रारा अल्ट्रा म्याराथुन प्रतियोगितामा लेखक रामसिह रावल देखि अन्तराष्ट्रिय धावक सुनमाया बुढा लगायतको सहभागिता रहेको छ ।
‘राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित कर्णाली प्रदेशको पर्यटकिय क्षेत्रलाई विश्वमा पहिचान गराइ पर्यटन प्रर्वद्धन गर्नका लागि अल्ट्रा म्याराथुन प्रतियोगिताको आयोजना गरेको कर्णाली स्र्पोट क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनका अनुसार, खेल क्षेत्रबाटै कर्णालीका विभिन्न ठाउँहरुलाई चिनाउने प्रयास गरिएको उल्लेख गरे ।


प्रतियोगितामा ८० बढि खेलाडी सहभागी
कर्णालीमा पहिला राष्ट्यि स्तरको अल्ट्रा म्याराथुन प्रतियोगितामा राष्ट्यि स्थानीय गरी ८० खेलाडी सहभागी भएका छन् । जिल्ला बाहिरका मात्रै ३६ खेलाडीले सहभागिता जनाएका छन् । विभिन्न प्रतियोगितामा गएर उपाधी पाईसकेका खेलाडीहरु पनि सहभागी छन् । ति मध्य १६ जना महिला रहेका छन् ।


भने, बाँकी सबै पुरुष रहेको आयोजकले जनाएको छ । जुम्ला सदरमुकाम देखि शुरु भएको दौड मुगुको हुटु लेकमा सकिने सकिने छ । अध्यक्ष सरोज शाहिका अनुसार, ४९ किलोमिटर दौड हुने प्रतियोगितामा विजेताका दाबेदार खेलाडीले १० घण्टाकामा मिट प्वाईन्टमा पुगिसक्नु पर्ने छ । उनले भने, ‘जुम्ला रारा अल्ट्रा म्याराथुनको रुड जुम्ला सदरमुकाम खलंगा बजारबाट २ हजार ३ सय ५० मिटर उचाई हुँदै डाँफे लेक, न्याउरीघाट, चौथा, ४ हजार १७ मिटर उचाई रहेको चुचेमारा मिलीचौर हुदै मुगुको हुटु लेक भएर राराताल पुग्ने रहेको छ ।’ उक्त प्रतियोगितामा सोलुखुम्बु जिल्ला, त्रिभुवन आर्मी क्लव लगायतका खेलाडी सहभागी हुने भएका छन् । पर्यटन प्रर्वद्धन र खेल क्षेत्रको विकासका लागि जिल्ला खेलकुद विकास समिति जुम्ला, चन्दननाथ नगरपालिका लगायतको समन्वयमा ११ लाख लागत बजेटमा उक्त प्रतियोगिता हुने भएको आयोजक क्लबले जनाएको छ ।


चार ठाउँमा चेकिङ प्वाईन्ट
प्रतियोगिता शुरु हुने जुम्ला सदरमुकाम चन्दननाथ मन्दिर देखि मुगुको हुटु लेख सम्म पुगुन्जेल सम्मका लागि पाँच ठाउँमा खेलाडी चेक वाईन्ट राखिएको छ । बाटो भिरालो तथा अप्ठयारो भएका कारण खेलाडी हराउन सक्ने सम्भावना पनि छ ।
जुम्ला देखि मुगु पुगुन्जेल, खाली,चौथा, बुलबुले र चुचामारे लेकमा चेक प्वाईन्ट स्थापना गरिएको कर्णाली स्र्पोट क्लबका सदस्य महेन्द्र कार्कीले बताए । उनका अनुसार चेक प्वाईन्टले प्रतियोगितामा सहभागी खेलाडी आए नआएको बारे जिल्लामा जानकारी दिने छ । खेलाडी अलमल नपरुन र सजिलै रोड पत्ता लगाउन भन्नाका लागि रुड म्यापिङ गरिएको छ ।


पाँच ठाउँमा स्वास्थ्य क्याम्प
जुम्ला रारा अल्ट्रा म्याराथुनमा सहभागी खेलाडीहरुलाई बीच बाटोमा आउने सक्ने स्वास्थ्य खराबीलाई मध्यनजर गर्दै पाँच स्थानमा स्वास्थ्य क्याम्प पनि राखिएको छ । नेपाली सेना, प्रतिष्ठान तथा स्वास्थ्य चौकी संगको समन्वयमा पाँच स्थानमा स्वास्थ्य चेकजाँच क्याम्प राखिएको आयोजकले जनाएको छ ।


च्यारे चौर, डाँफे लेक, काब्राचौर र चुचामारे लेककमा स्वास्थ्य क्याम्पका साथ स्वास्थ्य कर्मी तयारी अबस्थामा राखिएको छ । भने, जुम्ला रारा अल्ट्रा म्याराथुनलाई सफल पार्न ५० जना स्वयसेवकहरु परिचालन गरिएको छ ।


प्रशिक्षक तथा अन्तराष्ट्यि धावक जुम्लामा
जुम्ला रारा अल्ट्रा म्याराथुन लाई सफल पार्नका लागि अन्तराष्टि धावक देखि एथेलेक्टीकका केन्द्रि प्रशिक्षक जुम्लामा पुगेका छन् । चन्नदननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले, खेलको संस्थागत विकासका लागि एक खेल एक प्रशिक्षकको नीति ल्याएको बताईन । खेलाडी हाम्रा सम्पत्ति हुन । उनले भनिन, जुम्ला बुलबुले सडकलाई अन्तराष्टिय धावक हरि बहादुर रोकाय राजमार्ग बनाउने पनि बताईन । खेल क्षेत्रको विकासलाई नगरपालिकाले पहिलो प्रथामिकतामा राखेको दाबी गरिन । अन्तराष्ट्रिय धावक मिरा राई जुम्ला पुगेकी छन् । कर्णालीलाई चिनाउने आधार मध्य खेल पनि एक हुने भन्दै म्याराथुनलाई सफल पार्न जुम्ला पुगेको उनले बताई । भने, एथेलेक्टिक संघ केन्द्रिय प्रशिक्षक राजिब विक्रम शाहले खेल क्षेत्रबाट कर्णाली समृद्धिको सम्भवना देखेको बताए । जुम्लाको खेल क्षेत्रको विकासका लागि अबको पाँच वर्ष सम्म प्रत्यक वर्ष एक लाखका दरले सहयोग गर्ने घोषणा गरे । जुम्लाबाट शुरु हुने प्रतियोगिता मुगुको रारामा गएर समापन हुने छ । भने, यो प्रतियोगितालाई एक एैतिहासिक रुपमा लिनु पर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २०७५ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस