जुम्ला ः प्राकृतिक विपद्बाट हुने क्षति न्युनिकरण गर्न सामुदायिक विकास कार्यक्रम सिडिपी जुम्लाका स्थानीय तहसंग सहकार्य गरी अघि बढिरहेको छ । वर्षातको समय बाढि पहिरोबाट हुन सक्ने क्षतिको व्यवस्थापन तथा खोज र उद्धारका क्षेत्रमा स्थानीय तह आवश्यक सहयोग गरेको छ । विद्यालय भवन देखि वडा कार्यालय निमार्णमा जिल्लाको भौतिक तथा सामाजिक विकासमा योगदान पु¥याएको सिडिपि पछिल्लो समय प्राकृति प्रकोपबाट हुने विपद् व्यवस्थापनका क्षेत्रमा पनि सक्रिय भएको छ ।
जुम्लामा गएको वर्षमा मात्रै, सिचाई कुलो, विद्यालय भवन, वडा कार्यालय, धारा लगायत संरचाना निमार्ण गरी २१ वटा योजना सम्पन्न गरी समुदाय हस्तान्तरण गरेको छ । भने, बर्षाको समयमा बाढी पहिरोबाट हुने क्षति रोक्न आवश्यक सामाग्री जुम्लाका स्थानीय तहलाई दिइएको छ । सिडिपीका कार्यक्रम संयोजक दिपक बोहोराले पनि विपद् पुर्वतयारीमा हामी लागेका छौँ । यसबाट हुने क्षतिलाई शुन्यका झार्न स्थानीय तहसंग सहकार्य गरी अघि बढ्ने, खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाईने उनको भनाई छ । तर यहाँका स्थानीय तहले विपद् पुर्वतयारी तथा खोज र उद्धारका लागि कुुनै संयन्त्र तयार गरेका छैनन् । नीति तथा कार्यक्रममा पनि विपद् व्यवस्थापनका लागि खासै प्रभावकारी योजना छैन् । समयन्त्र बलियो नभएको र खोज तथा उद्धार कार्य प्रभावकारी नभएकै कारण जुम्लामा प्राकृतिक विपद्मा परि हराएको एकजना र पहिरोमा परेको एक जनाकुनै पत्तो लागेको छैन् । भने, नगरपालिकाकै १ नम्बर वडामा आगलागी हुँदा बेलैमा उद्धार नहुदा ४ वर्षीय बालिकाको जलेर मुत्यु भएको थियो । पातारासीबाट खोलाले बगाएर लिएको महिना दिनहुँदा पनि प्रभावकारी खोज तथा उद्धारको काम नहँुदा न लास न सास भेटियो । वर्षातको मात्रासंगै , विपद् पनि बढ्दै जाने भएकाले यसमा सजक हुन सामुदायिक विकास कार्यक्रम सिडिपिले यहाँका स्थानीयलाई जागरुक बनाएको छ । खोज तथा उद्धारका आवश्यक सामाग्री, र जनशक्ति तयार भए, धनजनको क्षतिलाई व्यवस्थापन गर्न सकिने सिडिपी प्रमुख दिपक बोहोराको भनाई छ । बालीनाली देखि मान्छे बगेर ज्यान जाँदा पनि खोज उद्दार कार्य प्रभावकारी नहुनुले स्थानीय सरकार अबले विपद व्यवस्थापनका क्षेत्रमा आबश्यक लगानी गर्नु पर्ने माग छ ।
सात लाखको सामान वितरण
सिडिपीले विपद् व्यवस्थापनका लागि यहाँका स्थानीय तहलाई झण्डै सात लाख बराबराको खोज तथा उद्धारका सामाग्री वितरण गरेको छ । बाढी पहिरोको जोखिममा रहेका जुम्लाका पाचँ स्थानीय तहलाई विपद्बाट हुने धनजनको क्षति कम गर्ने उद्देश्यले ७ लाख बराबरको खोज तथा उद्धारका सामाग्री वितरण गरिएको हो । पातारासी, गुठिचौर, हिमा गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समिति, जुम्लालाई खोज तथा उद्धारका सामान दिइएको सिपिडीका प्रमुख बोहोराले बताए । उनले भने, एक स्थानीय तहलाई १ लाख २५ हजार बराबरको सामान दिएका छौँ । भने, आवश्यक ज्ञान पनि प्रदान गरिने उनको भनाई छ । स्थानीय तहले विपद् व्यवस्थापनका क्षेत्रमा सक्रियता देखाएको खण्डमा अझै सहकार्य गर्दै जाने उनको प्रतिबद्धता छ । बिल्छा, सफ्टी हेलिमेट, लाईफ जकेट, डोरी, बुड जुत्ता लगायत गरी झण्डै २० देखि २५ किसिमका सामाग्री स्थानीय तहलाई दिइएको सिडिपिका परियोजना अधिकृत अर्जुन नेपालीले बताए । उनले भने, ५ वटै स्थानीय तहमा पुराईसकेका छौ, आगामी दिनमा विपद् व्यवस्थापनमा तथा खोज र उद्धारको काम प्रभावकारी हुने उनको अपेक्षा छ । सिडिपी जाने समय छोटो छ, उनले भने, स्थानीय सरकारको विकास र समुदायको जीवन स्तर उकास्ने खालका कार्यक्रमलाई विशेष जोड दिदै, आत्मनिर्धरको पाठ शिकाएर जाने उनको दाबी छ । अझै केहि दिन वर्षा सक्रिय हुने भएकाले खोज तथा उद्धारका सामाग्रीले विशेष भुमिका खेल्ने बताए ।
जोखिम घटाउन तालिम
विपद व्यवस्थापनका बारेमा चर्चा चलिरहँदा किर्डाक नेपाल जुम्लाले यहाँका संचार कर्मीलाई विपद जोखिम न्युनिकरण मा संचार षेत्रको भुमिका विषयक तालिम दिएको छ । जूम्लामा कार्यरत राष्ट्यि तथा स्थानीय संचार माध्यममा काम गर्ने पत्रकारलाई विपद जोखिम कम गर्न कसरी रिर्पोटिङ गर्ने भन्ने बारे सिकाइएको छ । भने, विपद शब्दावली तथा नेपालका विपदका अबस्थाका बारेमा पहिलो दिन सिकाइएको, प्रशिक्षक कमल बहादुर छत्यालले बताए । उनका अनुसार विपदको जोखिम घटाउन पत्रकारको भुमिका निकै महत्वपुर्ण रहने छ । तालिम विहिबार सम्पन्न हुनेछ ।