
काठमाडौं । बिमिस्टेक सम्मेलनलाई मध्यनजर गर्दै भदौ १३, १४ र १५ गते उपत्यकाका सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागू गरिने भएको छ ।
भदौ १३ र १५ गते सवारीसाधनको नम्बर प्लेटको अन्तिममा बिजोर नम्बर भएका सवारीसाधन तथा भदौ १४ गते जोर नम्बर भएका सवारीसाधन सञ्चालन हुनेछ ।
बिमिस्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिहरुको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन जोर विजोर प्रणाली लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बिमस्टेक सम्मेलनमा आकस्मिक बाहेकका सबै सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागू गरिएको हो । एम्बुलेन्स, दमकल, अस्पताल, सञ्चार, पर्यटक बोकेका सवारीसाधन बाहेक अरू सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागू गरिएको हो । काठमाडौं उपत्यकामा हाल आठ लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् ।
प्रकाशित मिति : २०७५ भाद्र १२ गते मङ्गलवार