कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विधुत उपलब्ध

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई विधुत उपलब्ध भएको छ । प्रतिष्ठानमा आवाश्यकता अनुसारको विधुत नहुँदा उपकरण संचालनमा समस्या भएपछि विधुतको खोजि भएको थियो । हाल सदरमुकाममा अवस्थीत खलंगा साना जलविधुत उपभोक्ता समितिले बितरण गर्ने विधुत नगरबासीलाई समेत अपुग भएकाले प्रतिष्ठानलाई आवाश्यकता अनुसारको बिधुत उपलब्ध नहुँदा जिल्लाको गुठिचौर गाँउपालिका वडा नं ५ मा अवस्थीत नौमुले लधुजलविधुत आयोेजनाबाट प्रतिष्ठानले विधुत खरीद गरेको हो ।

उक्त विधुतको मंगलबार एक औपचारीक कार्यक्रमबिच प्रतिष्ठानमा उद्घाटन गरीएको छ । नौमुले लधुजलविधुत आयोेजनाले उत्पादन गरेको सय किलोवाटको बिधुत् गाँउमा ३५ किलोवाट मात्र खपत भएपछि बाँकि प्रतिष्ठानलाई बिक्रि गरीएको आयोजना अध्यक्ष समेत रहेका गाँउपालिका अध्यक्ष हरी बहादुर भण्डारीले बताए । उनका अनुसार प्रतिष्ठानलाई प्रति युनिट आठ रुपैयाका दरले बिक्रि भएको बिधुत्बाट आम्दानी भएको रकम विधुत मर्मत संभारमा खर्च तथा कोषमा जम्मा हुने भएको छ ।

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले बिधुत उपलब्ध भएपछि आगामी दिनमा सिटि स्क्यानदेखि भेन्टिलेटरसम्मका महत्वपुर्ण उपकरण संचालन गर्न सहज हुने बताए । उनका अनुसार विधुत समस्याकै कारण प्रतिष्ठानले यसअघि गर्दै आएको धेरै जसो आकस्मिक बिरामि रेफर गर्नुपर्ने अवस्था अब अन्त्य हुने भएको छ । दुई पक्षिय सम्झौताका आधारमा प्रतिष्ठानले करीब दुई बर्षपछि बिधुत पाएको हो । यो विधुत आयातका लागि दानसाँघुदेखि प्रतिष्ठानसम्म विधुत जडान स्वरुप ६५ लाखको ठेक्का पाएको रोचिनि ईन्टर पुण्टीमेन्टर प्रा.लि काठ्माडौले आफ्नो काम सकेर प्रतिष्ठानलाई विधुत हस्तान्त्रण गरेको छ ।

नन्दराम जैसीले तयार पारेको रिपोर्ट 

प्रकाशित मिति : २०७५ भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस